राष्ट्रपतिको लागि वामपन्थी शक्तिहरुलाई नै छिन्नभिन्न पार्दै कांग्रेस

राजनीति समाचार

काठमाडौं । नेपालका राजनीतिक पार्टीभित्र यतिखेर भावी राष्ट्रपति कसलाई बनाउने भनेर मनमुटाव सुरु भएको छ । नेपाली कांग्रेसले भावी राष्ट्रपति आफ्नो पक्षमा पार्नको लागि विभिन्न राजनीतिक दलहरुलाई उचालेर सरकारसमेत गिराउने खेलखेलिरहेको देखिन्छ । त्योसँगै उसले देशी, विदेशी शक्तिकेन्द्रको साथ खोजिरहेको छ ।

उता नेकपा एमालेले पनि राष्ट्रपति पद आफ्नो भाग परेको भन्दै दिनरात वार्ता र छलफल गर्दै आएको छ । त्यसैगरी सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले पनि भावी राष्ट्रपतिको लागि च्याँखे थापिरहेको छ । किन भने उसले खाली राष्ट्रिय सहमतिबाट राष्ट्रपति छनोट गनुपर्ने रटान मात्रै दिइरहेको छ । यसले गर्दा भावी राष्ट्रपति को बन्छ भन्ने कुरा एकिन भइसकेको छैन ।

त्यस्तै वामपन्थी खेमाबाट राष्ट्रपति बनाउने हो भने नेकपा माओवादी, एकीकृत समाजवादी, नेकपा एमाले र जसपा जस्ता वाम शक्तिहरु एक ठाउँमा उभिनुपर्ने देखिन्छ । त्यसको प्रयास भने वामपन्थी पार्टीहरुले अहिलेसम्म गर्न सकेका छैनन् ।

वामपन्थी पार्टीहरु एतिखेर जुँगाको लडाइँमा केन्द्रित छन् । तर, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेकपा एमालेले राष्ट्रिय सहमतिको नाममा राष्ट्रपतिमा अगाडि सारिरहेको छ । उता नेपाली कांग्रेस भने वामपन्थी नेतृत्वको गठबन्धन टुटाएर वामपन्थीहरुलाई नै छिन्नभिन्न बनाउने खेलमा सक्रिय देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *