अख्तियारको कारबाही, सानालाई सास्ती, ठूलालाई मस्ती

राजनीति समाचार

काठमाडौं । यतिखेर राजनीतिक पार्टीहरु राष्ट्रपति कसलाई बनाउने भनेर एकापसमा लडिरहेका छन् । उता राजनीतिक पार्टीकै आडमा नियुक्त भएका अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख र अन्य आयुक्तहरु पार्टीहरुको कमीकमजोरीको मौका छोपी धमाधम भ्रष्टाचारका मुद्दा दायर गर्न लागेका छन् ।

यी आयुक्तहरुले हात्तीको देखाउने दाँत जस्तै गरेर साना माछा समाउने र ठूला माछालाई तर्साएर कमाउने दाउमा लागिपरेका छन् । ठूला–ठूला व्यापारिक घरानाहरुले अर्बौं रुपैयाँ राजश्व छली गरिरहँदा त्यसको छानविनमा अख्तियारको आँखा पर्दैन । त्यस्तै ठूला–ठूला प्रोजेक्ट र आयोजनामा भएको भ्रटाचार पनि देख्दैन ।

टेलिकम प्रदायक कम्पनी एनसेल र नेपाल टेलिकमको अनियमितता पनि देख्दैन । ठूला–ठूला एक क्लासका ठेकेदारले विकास निर्माणको नाममा गरेको करोडौंको भ्रष्टाचार पनि देख्दैन । निर्वाचन आयोगले स्थानीय, प्रदेश र संघको निर्वाचनका बेला छपाइ, ब्यालेट बक्स खरिद, भत्ता, विज्ञापन, मतदाता शिक्षा, प्रचारप्रसारलगायतका शीर्षकमा गरेको करोडौंको भ्रष्टाचार पनि देख्दैन ।

तर, खरिदार, नासु र स्थानीय निकायका साना टुक्रे ठेकेदारले गरेको हजार, लाखको भ्रष्टाचारको फाइल पल्टाएर काम गरेजस्तो देखाउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *