राष्ट्रपतिको लागि स्वदेशीदेखि विदेशीसम्मको चलखेल

राजनीति समाचार

वामपन्थी खेमाबाटै राष्ट्रपति बन्ने सम्भावना
काठमाडौं । विगत लामो समयदेखि नेपालको राजनीतिक दलमा एकअर्कालाई दोसार्पण लगाएर आफू पन्छिने गरेका छन् । अहिले राजनीतिक दलभित्र देखिने गरेको छ । गत मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन सम्पन्न भएसँगै कुनैपनि राजनीतिक दलले स्पष्ट बहुमत ल्याउन सकेन । त्यसैको पराकाष्ठा राजनीतिक दलहरुले भोग्दै आएका छन् । अहिले सरकार बनेको दुइमहिनाभित्रै गठबन्धनमा टसल भएको छ । त्यसमा पनि भावी राष्ट्रपतिको लागि दुइठुला दल मध्ये कांग्रेस र एमालेले दाबी गरिरहेका छन् । त्योसँगै स–साना दलहरुले पनि भित्रीरुपमा चलखेल गर्ने गरेका छन् ।

नेपालको राष्ट्रपतिको लागि एमाले र कांग्रेस आफ्नो फेबरको राष्ट्रपति बनाउन न्वारनदेखिको बल निकालेर विदेशी शक्तिहरुसँग हारगुहार गरिरहेका छन् । त्यतिमात्र होइन, विदेशीहरुले पनि त्यत्तिकै नेपालको भावी राष्ट्रपतिको लागि चासो दिदैँ आएका छन् । तर, अहिलेसम्म नेपालको भावी राष्ट्रपति को बन्छ भन्ने आजसम्म यकिन भइसकेको छैन । तर, मित्र राष्ट्रहरुको कुटनीतिक दोडधुप भने चलि नै रहेको छ । हालसम्म तीनजना अमेरिकी कुटनीतिक नियोगकका व्यक्तिहरु नेपाल भ्रमण गरेर फर्किसकेका छन् ।

त्योमध्ये, अमेरिकी विदेशमन्त्री अफ्रिन अख्तर, समान्था पावर, भिक्टोरिया नुल्यान्डले नेपालको भ्रमण गरी स्वदेश फर्किसकेका छन् । त्यस्तै, भारतबाट विनयमोहन क्वात्रा, बेलायतबाट डा. एन्ड्रयु मोरिसन र इयुबाट जुट्टा उर्पिलाइनेनले समेत नेपाल भ्रमण गरी स्वदेश फर्किसकका छन् । र आउनेक्रम पनि जारी नै रहेको छ । त्यस्तै, भारतबाट सुरक्षा निकायका पुर्व प्रमुखहरुले पनि नेपाल भ्रमण गरेका छन् । यसलाई पनि अर्थपुर्ण रुपमा हेरिदैँ छ । त्यसकारण पनि नेपालको भावी राष्ट्रपति कुन पार्टीबाट बन्ने हो यकिन छैन ।

नेपालको राजनीतिकमा अधिकांश विदेशीहरुले चासो राख्नु त्यतिराम्रो ठानिदैन । त्यस्तै, छिमेकी मुलुक चीनका राजदुतले पनि शीर्ष नेताहरुलाई भेटेका छन् । चीनले पनि नेपाल भ्रमण गर्ने सम्भावना रहेको छ । छिमेकी मुलुक भारत र चीनले नेपालाई हेर्ने दृष्टिकोण छुट्टै होला तर, अन्य देशले हेर्ने दृष्टिकोण फरक हुसक्छ । चीन भारत अमेरिका र अन्य देशबाट आएर नेपालको राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्नु भनेको दलहरुमा ‘केहि कालो नियत छ’ भन्ने बुझिन्छ ।

त्यसकारण पनि नेपालको राजनीतिक दलमा अहिले भइरहेको सत्ता गठबन्धन टुटाएर नयाँ गठबन्धन बनाउने स्थिती देखा परेको छ । त्योसँगै भावी राष्ट्रपतिको लागि विभिन्न कोणबाट कुटनीतिक नियोगहरुले नियालिरहेका छन् । यसले नेपालको राजनीतिक दलमा अस्तिरता ल्याउने र विकासमा असर पर्ने देखिन्छ । नेपालका राजनीतिक दलहरु एकआपसमा समन्वयकारी भूमिका खेलेर आफ्नो देशको समस्या आफैले समाधान गर्नुपर्ने आवश्यकता भएको छ । तर, त्यो भने राजनीतिक दलहरुले गर्न सकेका छैनन् ।

अहिले भावी राष्ट्रपतिको लागि प्रधानमन्त्री प्रचण्डले वृत सहकारीको साथ अघि बढ्नुपर्ने बताइँरहदा भावी राष्ट्रपतिको लागि एसका अध्यक्ष माधव नेपालको नाम पनि चर्चामा ल्याइएको छ । त्यसकारण पनि भावी राष्ट्रपति माधव नेपाल नहोला भन्न सकिदैँन ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *