खर्च कटौतीको नाममा विकासको काम अलपत्र

राजनीति समाचार

काठमाडौं । वामपन्थी इतरको सरकार बनेको करिब करिब दुइमहिना पुगेको छ । सरकारका अर्थमन्त्रीमा विष्णु पौडेल रहेका छन् । अर्थमन्त्री पौडेलले खर्च कटौतीको नाममा केहि मितब्यापी हुने आशंका गरिदै छ । यतिखेर सरकारले विकासको काम अगाडी बढाउन सकेको छैन । आर्थिक अभावको कारण देखाएर अधिकांश आयोजनाको ठेक्का लागेको कामसमेत अलपत्र पर्ने देखिन्छ ।

कतिपय ठुला आयोजनाको टेन्डर निकालेर ठेक्का पनि लगाइसकेको छ । तर, सरकारले भने सो ठेक्काको लागि टेन्डर गरेको सूचनाको समेत भुक्तानी नदिनु भनेर उर्दी जारी गरेको बताइन्छ । त्यस्तै नयाँ ठेक्काको लागि टेन्डर गर्नुपर्नेमा त्यो पनि ठेक्काको सुचना निकाल्न स्वीकृति दिएको छैन । टेन्डर गरिएको सुचनाको भुक्तानीसमेत अहिले नदिनु भनेर रोकिएको अवस्था छ ।

यतिखेर सरकारले विकासको कामलाई प्राथमिकता दिनुपर्ने ठाउँमा सरकारका मन्त्री र प्रधानमन्त्री आफ्नै तालमा रमाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट हटेपछि गृह मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा प्राविधिक मन्त्रालय प्रधानमन्त्री आफैँले सम्हालीरहेका छन् । ती मन्त्रालयले अहिलेसम्म मन्त्रीहरु पाएको छैन। मन्त्री नभएकैे कारण कतिपय कामहरु कामचलाउ रुपमा चलिरहेका छन् । सरकार भने भावी राष्ट्रपतिको लागि गलफति गर्दैमा दिन बिताउने गरेको छ ।

उता, सरकारको कमान्डोर सम्हालेका एमालेका अध्यक्ष केपी शर्मा ओली बारम्बार प्रचण्ड निवास धाउँदैमा व्यस्त छन् । प्रचण्ड भन्दैछन्, भावी राष्ट्रपतिमा सहकार्य गरेर जानुपर्छ भनेर वार्ताको नाममा लफडा गर्दै छन् । अहिलेसम्म सत्तागठबन्धनबाट निष्कर्ष निस्कन सकेको छैन। यसैमा राजनीतिक दलभित्र किचँलो भइरहेको छ । राष्ट्रपतिको विवादलाई लिएर सत्तासमिकरणको खेल राजनीतिक दलहरुले नखेल्न भन्न सकिदैँन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *