सत्ताको लोभमा वामपन्थी शक्ति तितरवितर

राजनीति समाचार

काठमाडौं । नेपालको वामपन्थी आन्दोलनमा होमिएर कतिपयले ज्यान गुमाएका थिए भने कतिपय अंगभंग भएका थिए । वामपन्थी आन्दोलनमा वामएकता गरेर अगाडी बढेर जानुको विकल्प छैन भन्दै भाषण ठोक्ने वामपन्थी नेताहरु यतिखेर एकअर्काप्रति दोसार्पण लगाएर उम्कदै छन् । नेपालको राजनीतिक परिस्थितिलाई हेर्दा वामपन्थी सहकारीको आवश्यकता रहेको छ ।

वामपन्थी राजनीतिकले यो देशको मुहार फेर्छ भन्ने र देशको विकास गर्ने शक्ति हो भन्ने नेताहरु नै अहिले तितरवितर भएका छन् । उनीहरु वामपन्थी नेताहरु एकअर्कालाई सिध्याउने खेलमा लागि परेका छन् । केहि समयपहिला नेकपा एमाले शक्तिशाली पार्टी बनेको थियो । एमालेलाई देशी विदशी शक्तिहरुले फुटाइदिएपछि बाध्य भएर माधव नेपाल र झलनाथ खनालले एकीकृत समाजवादी गठन गरे ।

उता वामदेव गौतम पनि एमालेबाट बाहिरिएका थिए । कहिलेकाँही वामदेवले भन्ने गरेका थिए, नेपालमा वामपन्थी शक्ति नै मिलेर जानु नै आजको आवश्यकता हो भन्दै गर्दा उनी आफै पलायन भएका छन् । त्यस्तै, अहिले वामपन्थी इतरको सरकार बनेको छ । त्यसमा पनि भावी राष्ट्रपतिको लागि वामपन्थी पार्टीभित्र विभिन्न टिक्काटिप्पणी भएको छ ।

एकातिर, सातदलिय गठबन्धन गरेर बनेको सरकारको प्रधानमन्त्री प्रचण्ड रहेका छन् । अर्कातिर सरकारको कमाण्डो सम्हालेका नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि भावी राष्ट्रपतिको लागि सहकारी गरेर अगाडी बढ्न सकेका छैनन् । एकले अर्काेलाई विश्वास गर्नपनि छाडिसकेका छन् । संकैसंकाको घेरामा प्रचण्ड र ओली रन्थनिएका छन् ।

त्यसकारण पनि भावी राष्ट्रपति वामपन्थी खेमाको नबन्ने हो की भन्ने आशंका आम कम्युनिष्ट पार्टीका नेता र कार्यकर्ताहरुले गर्न थालेका छन् । कार्यकताको लागि पनि वामपन्थी राष्ट्रपति बन्नुपर्ने र राष्ट्र र राष्ट्रियताप्रति वामपन्थी नै जिम्मेवारी बन्नुपर्ने आजको आवश्यक रहेको छ । वामपन्थी एकता आजको आवश्यक भएको छ । त्यसकारण पनि वामपन्थी नेताहरुले एकआपसमा तेरोमेरो नभनीकन एकता गरेर जानु नै आजको आवश्यकता हो । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *