ओलीबाट सबै आतंकित

राजनीति समाचार

काठमाडौं । ठूला पार्टीमा धेरै जानेका र धनाढ्य नेता पनि कम्युनिष्ट पार्टीमा । कम्युनिष्टका नेता धनाढ्य बन्न कसरी सके ? नेपालका कम्युनिष्टले क्रिश्चियनको पैसा बिचौलिया र माफियाको पैसामात्र खाँदैनन्, भौतिक पूर्वधारको क्षेत्रका ठेक्कापट्टा, खरिदजस्तामा देखाइएको लोभीपापी नेताहरुको व्यवहार हेर्दा कम्युनिष्टहरु कमाउनिष्ट बन्न पुगेका हुन् । एमाले अध्यक्ष केपी ओलीको जागिर छैन । उनी नेता मात्र हुन् । तर उनको रवाफले एमाले ओलीमय भएको भनिन्छ ।

एमाले अध्यक्ष ओलीलाई कानून लाग्दैन भन्ने पनि गरिन्छ । अध्यक्ष ओली चाहन्छन् कि राष्ट्रपति पनि आफ्नै पार्टीको हुनुपर्छ । राष्ट्रपति आफ्नै, प्रधानमन्त्री आफैं, राष्ट्रियसभा अध्यक्ष, सभामुख, उपसभामुख र कानूनमन्त्री आफ्नै, निर्वाचन आयोग, अख्तियार प्रमुख, संवैधानिक निकाय, सेना, प्रहरी सबै नियन्त्रणमा राख्ने र आफ्नो शासन चलाउने केपीको दाउ त छैन, शंका झन् बढेर गएको छ ।
केपी ओलीले अस्थिर राजनीतिलाई स्थायित्व दिलाउनका लागि संसद भंग गर्नु नौलो होइन ।

उनको यही बोलीले सबैलाई तर्साएको हो । राष्ट्रिय सहमतिको कुरा माओवादीले ल्याएको छ । प्रचण्ड प्रधानमन्त्री एमालेका देवराज घिमिरे सभामुख, कांग्रेसलाई राष्ट्रपति दिनु नै राष्ट्रिय सहमति हो भने एमालेले माओवादीले भनेको प्रस्ताव किन मान्थ्यो ? एमालेका अध्यक्ष केपी ओली आफुबाहेक अरुलाई पत्याउँदैनन् । उनको घमण्ड र षड्यन्त्रमा उनी मात्र सफल हुँदैनन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *