भौतिक मन्त्रीले किन रोजे सुशीलबाबु ढकाल ?

राजनीति समाचार

काठमाडौं । सत्ता सहयत्राका क्रममा गण्डकी प्रदेश केन्द्रीत भएका नेकपा माओवादीका नेताहरु अब राजनीतिक नियुक्ति, सेवा तथा पुरस्कार र विभाग तथा कार्यालयहरुमा गोर्खाली नै प्रमुख बनाउने होडमा लागेका छन् । प्रशासनिक क्षेत्रमा पूर्वको पाँचथर, संखुवासभा, भोजपुर, गण्डकी क्षेत्रको गोरखा, तनहुँ, स्याङजा, लुम्बिनी क्षेत्रमा अर्घाखाँची, प्युठान, गुल्मी, पाल्पा, कर्णालीको सुर्खेत, सुदूरपश्चिमको बझाङ, बाजुराले सहज लिएका छन् ।

अहिले भौतिक पूर्वाधार मन्त्रालयमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ छन् । उनले आफ्नो मन्त्रालयअन्तर्गतको सवारी लाइसेन्स वितरण प्रक्रियाको झन्झटिलो पाटो हटाएका छैनन् । तर नजर भने विकासको मेरुदण्ड मानिएको सडक विस्तार सञ्जालसँग जोडिएको त्यो सडक विभागमा गोरखाका सुशीलबाबु ढकालजस्ता खेलाडीलाई ल्याएका छन् ।

विचारमा कांग्रेस भएपनि उपप्रधानमन्त्री श्रेष्ठसँग गृहजिल्ला मात्र होइन, पालिकासमेत एउटै भएका ढकाललाई सडक विभागको महानिर्देशक बन्ने शौभाग्य जु¥यो । उनी एडिबी सडक आयोजनाको जिम्मेवारीमा थिए । माओवादीमा काजी फरक देखिन्छन् । काजीले वरिष्ठ शिव नेपाल र भिमार्जुन अधिकारी पनि छन् भन्ने खोजी नै गरेनन् ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल गोरखा १ बाट निर्वाचित भएका थिए । त्यही गोरखाका समानुपातिक सांसद हितराज पाण्डे पार्टीको तर्फबाट संसदीय दलका प्रमुख सचेतक बनाइएको छ । पार्टी अध्यक्ष र उपाध्यक्ष दुबै जना प्रधानमन्त्री र उपप्रधानमन्त्री भएकाले पार्टीका कार्यकर्ता भने अलमलमा परेका छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *