पटक–पटक मन्त्री फेरबदल हुँदा राज्यको अर्बौं सम्पत्ति दुरुपयोग

राजनीति समाचार

काठमाडौं । राजनीतिक खिचातानी र व्यक्तिगत स्वार्थका कारण स्थायी सरकार नबन्दा मुलुक सधैं अस्थिरतातिर धकेलिँदै गएको छ । नेपालको आर्थिक उन्नति दिन प्रतिदिन खच्किँदै गएको छ । त्यसकारण कतिपय नेपालीहरुले आर्थिक उन्नतीबाट बिमुख हुनुपरेको छ । पटक–पटक सरकार फेरबदल हुँदा मुलुकको ढुकुटी रित्तिएर कर्मचारीलाई तलबसमेत खुवाउन नसक्ने अवस्था सिर्जना भएको छ ।

तर, राजनीतिक दलका नेताहरु भने यतिखेर असन्तुष्ट नेताहरुलाई कहाँ र कोसँग मिलेर हुन्छ व्यवस्थापन गर्नेतिर लागेका छन् । सरकार फेरिएसँगै संरचना पनि फेर्ने चलनले गर्दा कतिपय मन्त्रीहरुको क्वाटर मर्मत, संहार, रंगरोगन, अफिसको पर्दा, सोफा, तौलिया, कार्पेटलगायतका सामग्रीहरु मन्त्री फेरिएपिच्छे फेरिने गर्दा मन्त्रालयको आधा बजेट सकिने गर्दछ ।

त्योसँगै छिटछिटै परिवर्तन हुने मन्त्रीका सचिवालय कर्मचारी र स्वकीय सचिवहरुको सेवा, सुविधाले गर्दा पनि अधिकांश मन्त्रालयको बजेट बिनाकाम खर्च हुने गर्दछ । त्यति मात्रै होइन मन्त्री बहाली हुने बेलामा खादा, माला र खाजामा पनि करोडौं खर्च हुने गरेको छ । त्योसँगै अधिकांश मन्त्री बिदाइ हुने बेलामा मायाको चिनो दिने नाममा पनि त्यत्तिकै खर्च हुने गरेको छ ।

त्यस्तै अधिकांश सरकारी अफिसका कर्मचारीहरुले नयाँ मन्त्रीको स्वागत गर्ने र पुराना मन्त्रीलाई विधाइ गर्ने नाममा लाखौं अनावश्यक खर्च गर्ने गर्दै आएका छन् । राज्यले अनावश्यक रुपमा जनताको करबाट संकलित सम्पत्ति यसरी नै हिनामिना गर्ने गरेको छ ।

त्यसप्रति कुनै पनि निकायले ध्यान दिँदैन । कर्मचारीहरुलाई यसरी दुई÷दुई महिनामा मन्त्रिमण्डल फेरिरहनु भनेको चाडपर्व आएजस्तै हुन्छ । यसरी छोटो समयमा मन्त्रिमण्डल परिवर्तन भइरहँदा सर्वसाधारणको काम भने ठप्प हुने गर्दछ । सर्वसाधारणको भइपरी आउने काम पनि नहुने र रोजीरोटीको व्यवस्था पनि नहुने भएपछि अधिकांश नेपालीहरु आफ्नो जायजेथसमेत बेचेर विदेशिन वाध्य हुने गरेका छन् ।

नेपालमा भने वृद्धवृद्धा, बालबालिका, असक्त र महिलाहरु मात्रै बस्ने गरेका छन् । नेपाललाई यस्तो अवस्थामा पु¥याउन राजनीतिक दलका नेता, मन्त्री र विचौलियाहरुको हात रहने गरेको पाइन्छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *