गणतन्त्रमा अझ व्याप्त हुँदै भ्रष्टाचार

राजनीति समाचार

काठमाडौं । भ्रष्टाचार र बेथितीले लोकतन्त्रमाथि नै प्रहार गरेको छ । ठूलो भ्रष्टाचारमा ठुलै नेताको सहभागिता छ । तर कांग्रेस, माओवादी तथा एमाले नेताको भ्रष्टाचारमा अख्त्यिारले कारवाही गर्दैन । विभिन्न पार्टीका अधिकाशं नेताहरुविरुद्ध अख्तियारमा उजुरी छ । नीतिगत भ्रष्टाचार गर्ने विभिन्न पार्टीले प्रमुख संवैधानिक अंगहरुमा आफ्ना कार्यकर्ता भर्न लागिपरेका छन् ।

स्थानीय तहमा अघिल्लो कार्यकाल नेकपा एमालेको राज थियो । एमालेले नेतृत्व लिएका स्थानीय तहमा भ्रष्टाचार चरम छ । ठेकेदारलाई जनप्रतिनिधिको जिम्मा लगाउने काम भएको छ । कांग्रेस, माओवादी र एमाले स्थानीय तहमा कहाँ कसरी हजम गर्ने ज्ञान र सिप भएका पार्टी हुन् । मधेसमा लुट्ने धेरै छन् ।

सामाजिक सुरक्षा भत्ता समेत सम्बन्धित व्यक्तिलाई पत्तै नदिई हजम गर्ने भ्रष्टहरु मधेस प्रदेशमा धेरै छन् । जनताले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुगेको पत्तो पाएनन् । किनकि कम्युनिष्ट पार्टीको सरकार बनेको बेलामा समेत जनताले राज्यबाट राहत पाएन ।

मधेश प्रदेश भ्रष्टाचारमा प्रथम भएको छ । मधेश प्रदेशको एक कार्यकाल ५ वर्षसम्म मुख्यमन्त्री बनेको जसपाको नेतृत्व पूर्ण असफल भएको हो । त्यो पार्टीले प्रदेश तहबाट जनताको सेवा गरेन । गरिबी झन् बढ्यो, अशिक्षा हटाएन, दाइजो र बोक्सी प्रथाको निर्मुल गर्ने सामाजिक सद्भावको योजनासमेत ल्याएन । तर पनि उपेन्द्र यादवजस्ता नेता संघीय संसदमा हुँदा मधेशसँग सम्बन्धित कुनै काम गरेनन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *