दिनप्रतिदिन नेपालको अर्बौ रुपैयाँ विदेशिँदै

राजनीति समाचार

काठमाडौं । नेपालमा जतिसुकै राजनीतिक दल जन्मिएपनि देश र जनताको लागि कुनै पनि भिजन र ल्याउन सकेका छैनन् । खाली राज्यसत्ताको लागि राजनीतिक पार्टीभित्रै लडाइँ दलड्ने गरेका कारण पनि नेपालले कुनै प्रगति हासिल गर्न सकेको छैन । राजनीतिक अस्थिरताकै कारणले गर्दा अहिले देशको अर्थतन्त्र डामाडोल अवस्थामा पुगेको छ ।

अधिकांश नेपालीहरु रोजीरोटी र उच्च शिक्षा अध्ययनको लागि विदेशिने क्रम दिनप्रतिदिन बड्दै गएको छ । त्यस्तै उच्च शिक्षा हासिल गर्न भनेर अमेरिका, क्यानडा, अस्ट्रेलिया, युके, जापान, थाइल्याण्ड जस्ता देशहरुमा नेपाली युवा युवती जाने गरेका छन् । त्योसँगै अधिकांश नेपाली विद्यार्थीहरुले ती मुलुकहरुमा पढ्नको लागि लाग्ने शुल्क र बस्ने, खाने, इन्स्योरेन्स जस्तो खर्चमा तीन अर्बभन्दा बढी नेपाली पैसा महिनामा विदेशिने गरेको छ । त्यसकारणले पनि नेपालमा आर्थिक मन्दी बड्दै गएको हो ।

त्योसँगै सरकारले खर्च कटौतीको नाममा विभिन्न शीर्षकमा हुँदै आएको खर्च मितव्ययिता अपनाउने भन्दै कटौती गर्ने सूचना जारी गरेको छ । तर, सरकारले विकास निर्माणको क्षेत्रमा ५७ प्रतिशत पनि खर्च गर्न सकेको छैन । सो रकम विकासको नाममा खर्च नभएर फ्रिज भएर खेरा जाने गरेको थुप्रै उदाहरणहरु छन् । अधिकांश उद्योगी, व्यवसायीहरुले पनि नेपाली पैसा व्यवसाय गर्ने नाममा विदेशमा लगेर थन्क्याउने गरेका छन् ।

यतिखेर चौधरी ग्रुपका मालिक विनोद चौधरी, खेतान ग्रुप, अग्रवाल ग्रुप, टिवटेवाल, मित्तललगायतका व्यापारीक घरानाका व्यक्तिहरुले पनि व्यापार गर्ने नाममा नेपाली पैसा विदेश पु¥याउने गरेका छन् । त्यसकारणले पनि अहिले नेपालमा उद्योग, धन्दा, व्यापार व्यवासय फस्टाउन सकेको छैन । यसरी व्यापार व्यवसाय फस्टाउन नसक्दा र नेपाल सरकारले उद्योग धन्दा खोल्न नसक्दा सर्वसाधारण नेपालीहरुलाई रोजगारी दिन नसकेका कारण अहिले अधिकांश नेपालीहरु बिहानबेलुकाको छाक टार्नको लागि पनि विदेशिने गरेका छन् ।

अहिले अधिकांश युवा युवतीहरुले आफ्नो देशमा बसेर व्यापार व्यवसाय गरेर आम्दानीको स्रोत बनाइ खर्च गर्नुपर्ने ठाउँमा भएको जायजेथा पनि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा धरौटी राखी आफ्नो छोराछोरीलाई उच्च शिक्षा तथा रोजीरोटीको लागि विदेश पठाउने गरेकाले नै नेपालको आर्थिक क्षेत्र डामाडोल भएको हो ।

मुलुक यो अवस्थामा पुग्नुमा राजनीतिक पार्टी र त्यसका नेताहरु नै बढी दोषी देखिन्छन् । किन भने ती राजनीतिक दलका नेता, सांसद र मन्त्रीहरु देशको आवश्यकता र जनताको चाहनाभन्दा पनि खाली आफू कसरी सत्तामा पुग्ने, सत्तामा पुगिसकेपछि कसरी कमाउने, आफन्तलाई कसरी जागिर खुवाउने र कसरी ठेक्कापट्टबाट कमिसन खाने भन्नेतिर मात्रै लाग्दा देश दिनप्रतिदिन धरासायी बन्दै गएको हो ।

जुनसुकै राजनीतिक दलको सरकार बनेपनि सरकारले आफ्नो कानुन बनाएर लागु गर्न सक्दैन । राजनीतिक दलको आडभरोसामा नेपाल सरकारले बनाएको कानुनभन्दा विचौलियाले बनाएको कानुनलाई मान्यता दिँदाखेरी राजनीतिक दलका नेतादेखि सरकारमा रहेका मन्त्रीहरुले समेत फेल खाने गरेका छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *