उपेन्द्रले विकृतिको चाङ खडा गर्दै

राजनीति समाचार

काठमाडौं । जसपाका उपेन्द्र यादवलाई ५ वर्ष संसदबाहिर टिक्न कठिन भएको छ । यसको लक्षण देखियो । नारायणकाजी श्रेष्ठ राष्ट्रियसभाको निर्वाचनमा सहभागी भए चुनाव जिते तर एमालेका वामदेव गौतम, केपी ओलीसँग सिगौंरी खेलेर सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा मनोनित सांसद भएका थिए । तर उपेन्द्र यादव, रामसराय यादवलाई उपराष्ट्रपति बनाएर आफु सो क्षेत्रबाट चुनाव लड्ने तयारीमा लागेका छन् ।

संसदीय राजनीतिमा विकृतिको जड उपेन्द्र बन्दैछन् । यादवलाई माओवादीले सघाउला, तर कांग्रेस एमालेलाई सघाउँदैनन् । मधेसमा मधेसीको समस्या हल गर्नको सट्टा बल्झाएर त्यसैमा रमाउने उपेन्द्रको बानी छ । उपेन्द्रको स्वार्थसँग जोडिएको छ । पहिला वामशक्तिले राजनीतिक तनाव हटायो । केपी ओलीको रजाईं नै भएको छ । ओली चाहन्थे सबै लिएर आफुले बनाएको जालो टिकोस् । तर जनताले मत दिएर बनाएको माओवादी अध्यक्ष प्रचण्डले पाएको सत्ता गठबन्धन पहिलो भत्कियो ।

दोस्रोमा १३ सांसद भएको पार्टी जसपाले उपराष्ट्रपति पदलाई बटम लाइन बनाएर तीन मन्त्रालय खोजेर विकृतिले ग्रस्त संसदीय व्यवस्थाको प्रदर्शन गर्दैछ । देशमा २२ मन्त्रालयले छन् । २२ मन्त्रीसहित तीन राज्यमन्त्री गरी २५ भन्दा बढाउन संविधानले दिँदैन । तर जसपा ३, नेकपा माओवादी ३, लोसपा र जनमत १÷१ मन्त्रालय पाउँदा आठ मन्त्रालय ४ पार्टीको भागमा गएपछि कांग्रेसमा चुनाव लगत्तै डा.आरजुलाई पेस्की घुस खुवाएकाहरुले रोजेको मन्त्रालय कसरी पाउँछन् ? कतिलाई ठूलो बजेट भएको मन्त्रालय चाहिएको छ ।

काम गर्नको लागि सुशासन दिने हो भने मन्त्रालय ठूलो सानो भनेर हुँदैन । जुनसुकै मन्त्रालय जनतासँग जोडिएका छन् । सद्भाव, संस्कार र सुशासन दिने हो भने खानेपानी र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय भए पुग्छ । भ्रष्टाचार गर्नको लागि मन्त्री हुने ठूलो बजेट भएको मन्त्रालय रोज्ने हो भने राजनीतिले निष्ठाको बाटो लिँदैन ।

जब गठबन्धन फेरिन्छ र ठूलो मन्त्रालय, ठूलो बजेट भएको स्थान खोजिन्छ भने त्यसले काम जनताको गर्दैन । यसपटक सडक विभागका डिई र सुईहरुको सरुवामा पैसा खर्च गर्न तयार भएको टोली थियो । जसको पैसा बिक्यो, ठाउँ पनि राम्रो लियो । उ खुसी छ, जो ठूलो लगानी गर्न चाहँदैनथ्यो । त्यो पनि यसपटक पैसा नबिक्ता खुसी नै भयो । सुशासन प्रमुख कुरा हो । त्यो सुशासनलाई स्थायित्व दिनुपर्छ । तर जसपाजस्तो सत्ता प्रधान मुद्दा बनाउने पार्टीले कसरी सुशासन दिन्छ ? (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *