नेपाल प्रहरीमा को कति पानीमा ?

राजनीति समाचार

काठमाडौं । नेपाल प्रहरी आईजीपी धिरजप्रताप सिंहले ३० वर्षे सेवा हटाउन गरेको प्रयास उथलपुथलको राजनीतिले सफल भएन । तर समकालीन डिआईजीहरुको एआईजी बन्ने सपना ध्वस्त हुँदै गर्दा राजनीतिक भागवण्डामा एआईजी हुने सपना देखेका डिआईजी भीम ढकाल नागरिकता मुद्दामा फसेका छन् । ढकालले ससुराबाट अख्त्यिारका कारिन्दाले सच्याएको देखाएर उन्मुक्ति पाए पनि एमाले सत्ताबाट कुरा हुँदा दलीय आड पाउने अवस्था छैन ।

पुरानो बसाई भोजपुरका भिम ढकाल आफुले म्मिेवारी लिएको ठाउँमा काम केही नगर्ने र चाकडी गर्ने गरेका छन् । ससुराको इच्छा पुरा गर्दा ढकाललाई एक प्रज्ञा सदस्यले प्रेसको रकम चप्काएर विवादमा पारे । जबकी उनले लागेको पैसा तिनै प्रज्ञामार्फत दिनुपर्नेलाई पठाए पनि प्रज्ञाले भने चप्काईदिएको अवस्था अहिले पनि छ । आईजीजी धिरजले यसपटक राजनीतिक दबाब सहेर डा.आरजुका विश्वास प्राप्त अशोक सिंहलाई डिआईजीबाट एआईजी बनाउन परेन ।

किनकि सिंह नागरिकता काण्डमा फसे । उनले राजीनामा दिएका छन् । त्यस्तै काण्ड हो ढकालको पनि । तर जिल्लावासी भएकोले नागरिकता सच्याए पनि विवादमा परेकाले बढुवा हुन कठिन छ । ढकाल कर्णाली प्रदेशमा कमाण्ड गरिरहेका छन् । सन्दीप भण्डारी एमालेकै हुन् । उनी कर्मचारी प्रशासन शाखामा रहेका छन् । उनलको एआईजी हुने बाटो त खुल्छ, आईजीपी बन्ने कुरा टाढा छ ।

उनी एसएसपीमा पहिलो थिए । तर कांग्रेसले वसन्त कुँवर टेकप्रसाद राईलाई अगाडि ल्याएर नागरिकतामै खोट भएका अशोक सिंहलाई तेस्रो बनाएको थियो । सुदूरपश्चिमको कमाण्ड गर्दागर्दै उनको जागिर गयो । यस्तै विवादमा छन्, एमालेका श्यामलाल ज्ञवाली पनि । राजनीति धेरै जानेका यी बुटवल पनि बसे । बोलीमा खरो छ, एयरपोर्ट पनि बसे । एमालेका नेताहरुको राम्रै सहयो लिए । अहिले प्रदेश १ मा पुगेका छन् । उनले नागरिकता एसएलसीको शैक्षिक प्रमाणपत्रमा फरक जन्ममिति भएकाले झन्झट् सहेका छन् ।

अहिले आईजीपी सिंहका ब्याची सहकुल थापा, उत्तम सुवेदी एआईजीबाट नलप्रसाद उपाध्याय साउद रइस खाँ, मुकुन्द आचार्यले २४ घण्टे भए पनि एआईजी बनेर वसन्त लामा, बसन्त पन्थको बाटो रोजेका थिए । नलप्रसादलाई यस्तै विवादमा पारियो । यो टोलीको बृफकेसले कतै काम गरेन । अहिले यस्तै फटाहाको लागि फेरी सत्ता परिवर्तन हुँदैछ ।

विश्वराज पोखरेल सहयात्री छाडेर पहुँचकै भरमा डिआईजी र एआईजी भएका हुन् । तर आईजीपी भए । एकाएक धिरजप्रताप सिंह जो विवादित भएर अवकाशमा जाँदैछन् । उनको जोड ३० वर्ष हटाउने र उमेरहद ५८ बनाउनमा थियो । तर संगठनमा नागरिकताकै विषय विवादित हुने गरेपछि खोतल्दै जाँदा कति पानीमा हुन्छ ठेगान छैन ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *