नेपाल प्रहरीको एआईजीमा प्रतिस्पर्धा

राजनीति समाचार

काठमाडौं । चैत ११ गते आईजीपी धिरजप्रताप सिंह र तीन एआईजी अवकाश हुने भएकाले गृह मन्त्रालयले ती खाली स्थानमा पाँच जनाको दरबन्दीमा एआईज्ी बढुवा गर्न निर्वाचन आयोगसँग अनुमति मागेको छ । ब्रिफकेस बुझाएर सेवाकालमा विवादित भएपनि डिआईजीपछि पद त्यागेर हिड्नुपर्दा कांग्रेसको लुटेरा समूह दंग थियो । डा.आरजु राणाको समूहले प्रहरीमा हस्तक्षेप गर्दा एसएसपीमा एक नम्बरका सन्दीप भण्डारीलाई सातौंमा पु¥याइएको थियो । ११२ नम्बरका बसन्त कुँवर, एक नम्बरमा सातौं वरियताका अशोक सिंह तेस्रो नम्बरमा ल्याइएको थियो ।

सरकारले डिआईजीबाट आईजीपी बनाउने कि समय छँदै एआईजी बढुवा गराई चैत ११ मा आईजीपी बनाउनुपर्नेछ । सरकारले एआईजी बढुवा गर्नेगरी तयारी गरेको हो । अहिले वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्याम ज्ञवाली, किरण बज्राचार्य एआईजी हुने निश्चित छ । आईजीपीका ब्याची नलप्रसाद उपाध्याय, मसाउद अलि खाँ, मुकुन्द आचार्य पनि चैत ११ मै अवकाशमा जानेछन् । एआईजीहरु उत्तम सुवेदी, दिवेश लोहनी, सहकुल थापाको चैत ११ मा अवकाश हुनासाथ त्यो ठाउँमा पुग्न ११ जना प्रतिस्पर्धी हुनेछन् ।

तिनै ११ मा रहेका छन् सन्दीप भण्डारी, भिम ढकाल, सुदिप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दूर्गा सिंह, किरण राणा प्रतिस्पर्धा अगाडिका पाँच जनामा पहिले को बन्ने, आईजीपी को हुने भन्नेमा केन्द्रीत छ भने पछिल्लो लटका ११ जनाबाट ३ जना छनौट हुँदा ८ जनाले डिआईजी पदमै विदा लिनुपर्ने छ ।

प्रहरीलाई पार्टीकै भगिनी संगठन बनाउने, कांग्रेसी शैलीका कारण फौजभित्र विवाद चर्केने गरेको छ । कांग्रेसले कुनै ऐन नियमभन्दा पनि प्रधानमन्त्री र गृहमन्त्रीको स्वार्थसँग जोडिएका अधिकृतहरुलाई बढुवा गर्ने गरेकाले अशोक सिंहजस्ता उमेर हद कटेर निरीक्षक भएका, शैक्षिक योग्यता नभएकाहरु प्रहरीलाई बद्नाम गर्न पुग्छन् ।

अहिले त्यस्तो अवस्था छैन । सरकारले निर्वाचन आयोगको स्वीकृति पाउनासाथ पाँचजना एआईजीको बढुवा हुने भएको छ । चैत ११ बाट तीनजना एआईजी, आठजना डिआईजी दरबन्दीमा फेरी एसएसपीहरुको बढुवा हुनेछ । ठूलो पद कब्जा गर्नेको सान बेग्लै छ । उनीहरु सत्ताको धाक लगाउँदैछन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *