एसपी अधिकारीको सान बेग्लै

राजनीति समाचार

काठमाडौं । काठमाडौंमा रमाउँदा कमाई नहुने भएपछि शक्तिका आडमा गुप्तचरबाट नेपाल प्रहरीमा सरेका एसपी श्यामकृष्ण अधिकारीको सान बेग्लै छ । कांग्रेसको आड र समाजवादीका किसान श्रेष्ठको साथमा एसपी अधिकारी नेपालगंजमा १८ महिनासम्म प्रमुख भए ।

प्रहरी कार्यालय प्रमुखबाट सरुवा हुँदा अर्को कार्यालयमा प्रमुख बन्न नपाउने परिबन्द उनमा लागु भएरै छाड्यो । तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडलाई प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवालाई पाटर्नर भनेर नेपालगंजबाट लुम्बिनी ट्राफिक कार्यालय बुटवलको प्रमुखमा सरुवा भएका एसपी अधिकारीलाई पनि बुटवल फापेन । उनको सरुवामा व्यापक विवाद भयो ।

उनी लुम्बिनी प्रदेशबाट बाग्मती प्रदेशमा सरुवा भएका छन् । अब उनले रामचन्द्र पौडेल राष्ट्रपति भए भने उनकै नाम लिन्छन् । सांसद शंकर भण्डारीको नाम त उनले लिने गरेका छन् । कांग्रेस सत्तामा हुँदा नेपाल प्रहरीमा आंतक मच्चाउने मध्ये भण्डारी पनि एक हुन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *