सार्वभौम नागरिकलाई ‘अशिक्षित’ भन्न पाइन्छ ?

समाचार

यस लेखको शिर्षकमा उल्लेख भएको प्रश्नको उत्तर पक्कै पनि ‘पाइन्न’ भन्ने आउला । तर यस देशका केही निकायले खुल्लमखुल्ला वा औपचारिक रुपमा भनिरहेका छन् । यहाँ चर्चा गर्न लागेको विषय र प्रसंग बैंकसँग सवन्धीत छ ।
वैंकमा खाता खोल्न जानु भनेको सामान्यतयः हाम्रो आफ्नो पैसा राख्न जाने हो । आर्थिक कारोवार गर्न जाने हो । आर्थिक कारोवार गर्दा वैंकमा खाता खोल्नै पर्दछ । चाहे त्यो वचत गर्न होस् वा ऋण लिन होस् । वैंकमा खाता चाहिन्छ । वैंक खाता विना वैंकसँगको कारोवार मुस्किल नैं हुन्छ । हाम्रो भाषामा सोच्ने हो भने वैंक भन्नासाथ पैसा जम्मा गर्ने र निकाल्ने हो । वैंकमा खाता भएका सवैले ऋण लिएका हुँदैनन् अनी लिन पनि सक्दैनन् । त्यसैले सामान्य रुपमा हेर्दा खाता खोल्नु भनेको आफ्नो पैसा राख्नु नैं हो भन्दा फरक पर्दैन । वैंकको काम भनेको पैसाको किनवेच वा व्यापार गर्नु हो । वचतकर्तासँग पैसा लिने वढि व्याजमा लगानी गर्ने प्रतिफल लिने हो । पैसाको व्यापार पनि सेवा हो । जुन वैंकले यो सेवा प्रवाह गर्ने गर्दछ ।
वैंकमा आफ्नो पैसा राख्नको लागि खाता खोल्न जाँदा लामो विवरण भर्नु पर्दछ । सररर फुकाउने हो भने ज्योतिषीले तयार गर्ने चिना जस्तो हुन्छ । शर्त लेखिएका हुन्छन् । मान्दीन भन्ने कुनै गुञ्जाइस नैं हुँदैन । ऋण लिन गयो त्यस्तै हुन्छ । महाभारतको प्रक्रिया झेलेर ऋण लियो । बेला बेलामा थाहै नदिई व्याजदर वढेको हुन्छ । जानकारी दिनु नपर्ने अर्थात वैंकले जे गरे पनि हुने गरी पहिला नैं सहि छाप गराइसकेको हुन्छ ।
एक वैंकले खाता खोल्नको लागि फारम वनाएको रहेछ । खाता सञ्चालन सम्वन्धी नियमहरु भनी २४ वटा शर्त लेखेको छ । ती वुँदामा वैंकको जिम्मेवारीको कुरो भेट्न पावरवाला चस्मा लगाउँदा पनि पाइदैन । ती सवै शर्तहरु सार्वभौम नागरिक जो खाता खोल्दैछ उस्ले पालना गर्ने कुरा मात्र उल्लेख छ । मानौं, वैंकले कुनै गल्ती गर्दैन वा हुँदैन गल्ती जती सवै नागरिक वा खातावालाको हुन्छ भन्ने देखिन्छ ।
एक वुँदालाई हेरौं, ‘अशिक्षित व्यक्तिको खाता खोल्ने अधिकार बैंकलाई हुनेछ । …’ यहाँ लेखिएको अशिक्षित भनेको को हो ? गुगलको सहायताले अशिक्षितको अर्थ खोजेको ‘गँवार’ ‘असभ्य’ ‘पाखे’ ‘मुर्ख’ ‘अज्ञानी’ पो देखायो । कति अशिष्ट भाषा प्रयोग गरेको होला । नेपाली शव्दकोषले माथि उल्लेख गरेको अर्थको साथमा ‘शिक्षा नपाएको लेखपढ नगरेको’ भन्ने देखियो । वैंकले ८१ वर्षिये मेरो आमा जस्तालाई भन्न खोजेको होला, उहाँले अक्षर चिन्नु हुन्न तर आमा अशिक्षित हुँदैहैन । १० जना छोराछोरीलाई राम्रोसँग हुर्काउनु भयो, पढाउने वातावरण तयार गर्नु भयो । ज्ञानी हुनुहुन्छ । बरु निरक्षर वा असाक्षर भन्ने शव्दावली राखेको भए के हुन्थ्यो होला ? अशिक्षित भन्नु नागरिकको सरासर अपमान हो ।

अर्को एक वुँदामा ‘कसैको खाता खोल्न इन्कार गर्ने र पुर्व सुचना विना बन्द गर्ने अधिकार बैंकमा रहनेछ र यसको कारण उल्लेख गरिरहन बैंक बाध्य हुनेछैन ।’ लेखिएको छ । अर्को वुँदामा ‘खातावाललाई पुर्व सूचना नदिइकनै माथि उल्लेखित कुनै शर्त तथा बन्देजहरु परिवर्तन गर्ने अधिकार बैंकमा निहित रहनेछ । यसरी परिवर्तित वा थप गरिएको शर्त तुरुन्त प्रचलनमा आएको मानिनेछ र खातावाललाई लागुहुनेछ ।’ यी कस्ता शर्तहरु हुन्, वैंकले जे गर्दा पनि मानि दिनु पर्ने । यी शव्दावलीले हाम्रो संविधानले प्रदत्त गरेको सार्वभौम अधिकार प्राप्त नागरिकको हैसियत कता पु¥याइदिएको छ । हो, आर्थिक विषय संवेदनशिल विषय हो तर नागरिक माथी यती धेरै उपेक्षा गर्न सुहाउला त ?
खाता खोल्दा भर्नु पर्ने फारममा ‘के तपाई अमेरिकाको वासिन्दा हुनुहुन्छ ?’ भन्ने प्रश्न गरेको छ । योसँग सम्वन्धी अरु २ वटा प्रश्न पनि छन् । नेपाली वस्ने भनेको अमेरिकामा मात्रै हो भन्ने लागेको हो की अरु देशलाई मान्यता नदिएको हो । वुझ्न सकिन्न ।
आफ्नो खातामा पैसा जम्मा गर्न जाँदा भर्ने भौचरको पछाडी पृष्ठमा लेखेका शर्तहरु पनि अचम्म लाग्दै हुन्छन् । मसिना अक्षर र रंग पनि नवुझिने हुन्छन् । वाध्यता छ, त्यो पालना गर्नुको विकल्प छैन ।
यहाँ वैंकलाई दोष लगाउन मात्र खोजेको होइन । तर यस्ता शर्त वा नियमहरु समय सापेक्ष वनाउन जरुरी छ । सेवाप्रदायक र सेवाग्राही दुवै जिम्मेवार वनाउने शर्तहरु राख्नु पर्दछ । तर्साउने खाल्का हुनुहुन्न । यसता लिखितमा जसरी पनि सहि गर्नै पर्ने हुन्छ । शर्तहरु वनाउँदा नागरिक सर्वोच्चतालाई ख्याल गरी बनाउने उपाय के होला ? अनी सेवाग्राहि प्रति सेवा प्रदायक जिम्मेवार हुने र हुन नसके उस्ले सेवाग्राहीलाई क्षतिपुर्ति सहितको व्यवस्था कसरी गराउने होला ?
वैंकमा सर्वर विग्रीयो भनेर पैसा निकाल्न र राख्न नपाएको कति पटक छ । त्यसको कुनै वास्ता छैन । राहदानी वनाउनको लागि पाँच हजारको भौचर भरेर जिल्ला प्रशासन कार्यालय दोलखा भित्रै रहेको वैंकमा लाइन वसियो । ३ घण्टा वस्दा पनि सर्वर चलेन भनियो । वजारमा रहेको उही वैंकमा गएर पैसा जम्मा गरियो । यो सास्ती प्रति वैंक क्षमा पनि माग्दैन । ऋणको किस्ता तिर्दा मेरो ‘केही’ विग्रीयो भनेर छुट पाइन्छ ? कदापी पाइन्न । यहाँ त गल्ती गर्ने सेवाग्राही मात्र हुन्छन् भन्ने मानसिकताले डेरा जमाएको छ ।
कानून अनुसार स्थापित जुनसुकै सेवा प्रदायक निकायले सेवाग्राही अर्थात सेवा लिनेहरुलाई सहज सेवा दिनु पर्दछ । राज्यको कानून अनुसार स्थापित कुनै पनि संरचना वा निकायले नागरिक सर्वोच्चतालाई ख्याल गर्नु पर्दछ । नागरिकलाई प्रभावकारी तथा ईज्जतदार सेवा दिनु पर्दछ । सरकारी वा गैरसरकारी निकाय सवैले पालना गर्नु न्यूनतम् शर्त हो । त्यस्तो भेटिन्न ।
नेपालको संविधानले सार्वभौम अधिकार सम्पन्न नागरिक भनेर पहिचान दिएको छ । नागरिकलाई अपहेना गर्ने शव्द प्रयोग गर्न पाइन्न तर नेपालका वैंकहरुले त्यसता शव्दावलीहरु प्रयोग गरिरहेका छन् ।सेवा प्रदायक गर्ने निकायले नागरिकहरुलाई ‘अशिक्षित’ जस्ता शव्दावली प्रयोग गर्नु कुनै पनि दृष्टिकोणले शोभनिय हुनसक्दैन । यस्ता विषयमा सम्वन्धीत निकायको ध्यान जानु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *