बाबा म्यानपावरको भण्डाफोर

राजनीति समाचार

काठमाडौं । देशको युवजा जमातलाई विदेशमा फ्री भिसा, फ्री टिकटमा पठाउने सरकारको घोषणा म्यानपावर कम्पनीले कार्यान्वयन नगर्दा वैदेशिक रोजगारीको क्षेत्रलाई जनताले मानव तस्करहरुको उपनाम दिने गरेका छन् । अहिले पनि ५ हजार नेपाली युवा विदेशको जेलमा छन् । बाबा म्यानपावरको ठगीधन्दामा वैदेशिक रोजगार विभागका निर्देशकदेखि श्रम स्वीकृति शाखाका कर्मचारीहरु जोडिएका छन् ।

नक्कली श्रम स्वीकृति बनाएर ठगी गर्ने ठगहरुविरुद्ध लागेकी झापाकी तारा बराल विभागमै कुटिएर वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार गर्न पुग्नुप¥यो । पैसा पुरै असुल्ने, तर रोजगारदाताले आधा पैसाको लिखत दिने, आधा पैसा विभागका कर्मचारी र व्यवसायी मिलेर खाएको थाहा पाएपछि विकृतिविरुद्ध अभियान चलाएकी तारा बराल श्रम तथा रोजगार कार्यालयलाई चेतावनी दिन पुगेको बताउँछिन् ।

सरकारको तालुकदार मन्त्रालय श्रम तथा रोजगार मन्त्रालयले समेत विभाग भित्रको दुर्गन्धको सफाई गर्न सकेको छैन । किनकि विभागले समेत रोजगारमा जाने युवाले बुझाएको रकम खाँदै आएका छन् । श्रम बजारमा नेपाली हेपिनु कारण यस्तै शोषणले हो । पर्यटन भिसामा जानेहरुलाई एयरपोर्टमा अध्यागमन विभागले एयरपोर्ट डेस्कले समेत पैसा असुल्दै भिसा स्वीकृती दिने गर्दछ ।

नेपालमा रोजगारी नपाएर विदेशमा पसिना बगाउन जाने नेपाली युवाहरुको देश भित्रै हुने शोषणको अन्त गर्न दलीय प्रतिबद्धता जरुरी छ । जुन प्रतिबद्धतामा मन्त्री अडिन्छन्, त्यो बेला युवाहरु ठगिने धन्दा कम हुन्छ ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *