रमिता देखाउँदै नेपालका कम्युनिष्ट

राजनीति समाचार

काठमाडौं । राजनीतिक दलहरुभित्रको रमिता हेर्न टाढा जानु पर्दैन । नेताहरुको लागि माफिया समूह अब नाच्न नसक्ने गरी थला परेको छ । जनार्दन शर्माको बद्नामी राष्ट्र बैंकका गभर्नरले गरिदिएका छन् । कम्युनिष्ट भन्ने, आफ्नो सिद्धान्तमा पनि टिक्न नसक्नेहरुलाई कार्यकर्ताले खान पाए नेता मान्ने हो जनताले मान्दैन ।

स्वार्थमात्र हेर्ने समूहलाई कम्युनिष्ट भन्दा देश कता पुग्यो ? केपीकै शासनकालको असर आज पर्दैछ । अर्थतन्त्र मारवाडी घरानाको हातमा पुग्यो । ४५ जना उद्योगी, व्यापारी र बैंकरहरुको हातमा अर्थतन्त्र पुग्यो भन्ने दुर्गा प्रसाईं पूर्व राजाको साथ लिएर बैंककाविरुद्ध किन लागेका छन् ?

प्रसाईंहरुले उपाय लागेसम्म माओवादी र एमालेलाई सघाए र फाइदा लिए । तिनबाट पार नलागेपछि सडकमा आए । विचार र व्यवहार नमिलेको हुनसक्छ । जनयुद्धपछिको सुरुको माहोल माओवादीको राम्रै थियो । राजनीति गरेको भए एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रघाती महाकाली सन्धी गर्न एमालेमा आन्तरिक मतदान गराउने थिएनन् । राजनीतिमा ओलीवाद हावी छ । केपी ओलीले जे भन्छन्, त्यो गर्नैपर्ने बाध्यता एमालेको छ ।

त्यस्तै पारा र प्रवृत्ति माओवादीमा छ । जुन पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई एक थान प्रधानमन्त्रीको पद बचाउन पार्टीको सिद्धान्त, नीति, कार्यक्रमले बार लगाउँदैन । कुनै बेला संविधानसभामा २२१ जना भएको त्यो पार्टी त्यही बेला गलत बाटो समाउँदा सरकारबाट हट्नुप¥यो । त्यो बेला केपी ओली माओवादीको दुश्मन थिए ।

केपी ओलीलाई माओवादीले नै झापामा थन्को लगाए पनि केन्द्रीय राजनीतिमा कांग्रेसी नेता डा.रामवरण यादवले सहयात्री बनाउन पछि परेनन् । मधेसका डा.यादव अहिले पनि देशको राजस्वबाट पालिएका छन् । जनताको गरिबीसँग चासो छैन । यादव आफैं डाक्टर हुन्, आफ्नो देशको चिकित्सा क्षेत्रको सुधार गर्नैपर्दैन । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *