काठमाडौं । सत्ता, स्वार्थ र दाउपेचको राजनीति टुटेको छैन । मन्त्री बनने र झण्डा हल्लाउने पदको भागवण्डाले राजनीतिक अभ्यास जेसुकै होस् अहिलेको राजनीतिक दल, राष्ट्र र जनताको सर्वाेपरि हितमा सचेत छैनन् । कम्युनिष्ट पार्टीका चार पाँचजना नेताको इमान्दारिता थियो भने प्रगतिशील व्यवस्था देशले पाउँथ्यो ।
दश वर्षे जनयुद्धका संचालकहरुले पद र कुर्सीको लागि १७ हजार मान्छेको रगतको मूल्य बिर्सेजस्तै १४ वर्षसम्म संसदीय राज्य व्यवस्थाको सत्ता उथलपुथल हुँदा २३४ वर्षे राजाको शासन ढलेपनि लुट, खाउ, मोज गरमै समय बिताएजस्तै लोकतन्त्र र गणतन्त्रको उज्यालो पक्षमाथि संसदवादी कांग्रेस, माओवादी र एमालेले प्रहार गर्न छाडेका छैनन् ।
कांग्रेस, एमाले र माओवादी नेतृत्वमा छ । त्यो वर्गले जनजातिका नाममा क्रिश्चियानिटी भित्र्यायो । मिलेर बसेको समाज भत्काउने काम क्रिश्चियन फेडेरेशनका होलीवाइनवादीले शिरमा शेचन गरेको थियो । त्यस समय देखि नै गरिब, सुकुम्बासी, घरबारविहीनको पक्षधरता कम्युनिष्टलाई सिध्याएका थिए । मुलुकमा ठूलो समस्याको ध्यान नेतालाई छैन ।
साना समस्यामा कसैको नजर लगाउँदैन । राजतन्त्र सकिएर लोकतन्त्रको स्थापना भएको १६ वर्षमा देशले प्रगति गर्नुको सट्टा राष्ट्रिय अस्मिता माथि नै खतरा पैदा गराएको छ । भाई फुटे गँवार लुटेको कथा यतिबेला कम्युनिष्टभित्र देखिएको छ । जो एकले अर्काको अस्तित्व स्वीकार्न रुचाउँदैनन् । मनपरी बोलेर गुटको सेवक भएका छन् ।
एउटाले संसद भंग गर्ने, अध्यादेशबाट देश चलाउने, माफिया बिचौलियाको स्वार्थमा मात्र काम गर्ने सरकारी सम्पत्ति माफियालाई सुम्पेर र संघीयतामाथि आइपरेको संकट टार्नका लागि एक्लै जनमत बटुल्न निष्टा, त्याग र समर्पण बिर्सेर मौका पाउँदा सरकारी सेवा सुविधाका अवसर आफु र परिवारवादमा बाँड्ने गरेका छन् ।
नेपालमा कम्युनिष्टघ घटकहरुका बिचमा देखिएको द्वन्द्वको शिकार नेपाली भए । राष्ट्र निर्माण हुन सकेन । पार्टीका सिद्धान्त र विचारमा पनि ध्यान भएन । सरकारमा जाँदा कमयुनिष्ट पार्टीको अर्थनीति दुबैसँग छैन । देशको बहुसंख्यक जनता भोकमपरीमा पर्दा समेत ख्याल नगर्ने जनतामारा मोती दुगडजस्तालाई आर्थिक सल्लाहकार राख्ने काम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरे । कम्युनिष्ट पार्टी बिचको द्वन्द्वमा देश फसकेको छ । यसरी राष्ट्रिय संकटमा कसैको ध्यान छैन ।
कांग्रेसबाट जनताले आश गर्दैन । खुला अर्थनीतिको योजनाकार कांग्रेसले शिक्षा, स्वास्थ्य, रोजगारजस्ता कुरामा गरिब किसान र मजदुरको हित गर्दैन । निजी स्कुल र अस्पतालमा राज्यको अर्बाैं लगानी भएको छ । यस्ता अस्पताल र शैक्षिक संस्थाहरुको गुणस्तर छैन । बेरोजगार उत्पादन गर्ने अनुपयुक्त शिक्षा नीति र स्वास्थ्य नीतिकै कारण धनि र गरिब बिचको खाडल झन् बढ्दैछ । शासन त नेकपाको नाममा ४१ महिना केपी ओेलीले गरेकै हुन् । तर दुइृ तिहाईको शक्ति लिएर शासन गर्दाको प्रतिफल देशले केही पाएन । बरु ७ खर्बको वैदेशिक ऋण २१ खर्ब पु¥याएर बन्दै गरेको धरहरा उद्घाटन, राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा शिलालेख टाँस्न जति हतार भयो, त्यो पनि बहादुरीकै रुपमा लिइएको छ । कम्युनिष्टले सपना बाँड्ने हो, काम होइन ।
जनताको जीवनसँग खेलवाड गर्ने काम दलहरुले गरेका छन् । महंगीले चरम रुप लिएको छ । सरकारमा जानेलाई भ्रष्टाचार गर्न पाए भएको छ । राजाको ठाउँमा नयाँ अनुहार राष्ट्रपति आएका छन् । रामचन्द्र पौडेलको सडक यात्रा राजाकै सवारीजस्तो छ । विद्या भण्डारी र रामवरण यादवले छोटे राजाकै शैली देखाएका थिए । यी दुबै पात्रले जनता र राष्ट्रको स्वाभिमान माथि प्रश्न चिन्ह खडा गरेका थिए । कांग्रेसका डा.रामवरण कांग्रेसकै कार्यकर्ता, एमालेकी विद्या भण्डारी, केपी ओलीको आदेश कार्यान्वयनकर्ता भएर विदा भईन । राष्ट्रपति दुबै आलोचित भए ।
अहिले राष्ट्रपति निर्वाचनपछि बनेको गठबन्धन मन्त्री पद भागवण्डामा भिडेको छ । सरकार छ, मन्त्री छैनन् । योजना छन्, बजेट छैन । विभागहरु छन्, भ्रष्टाचार गर्नेका लागि भ¥याङ भएका छन् । आफैंले जनतालाई बाँडेको सपनामा रमाएका नेता र तिनका बिचौलियाहरुले निजामती प्रशासन र फौजी समूहमाथि दबाब दिएर स्वार्थ पुरा गरेका छन् । राज्य स्रोतको दोहन गर्न कम्युनिष्ट पनि कम छैनन् भन्ने कुरा झलनाथ खनालको २० लाख उपचार खर्चले नै स्पष्ट पार्दछ ।
देशले झण्डै ४ करोड १३ लाख खर्चेर केपी ओलीलाई बचाएको हो ।
केपी ओली, पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमको स्वार्थले नेकपा छियाछिया भएको छ । समयकाल परिवेशले बनेको वामपन्थी गठबन्धन केपी ओली, प्रचण्ड र माधव नेपालकै कारण भत्कियो । सत्ता त्याग्न हुन्न भन्ने कांग्रेसी मानसिकताले ओली, प्रचण्डलाई मिलायो, तर ओलीले प्रचण्डभन्दा राजावादी राजेन्द्र लिङ्देनलाई काखी च्यापेर संविधानविरुद्ध बोल्न लगाए प्रचण्डले ट्रयाक फेरे, देश संकटको भूमरीमा फस्यो । (तामाकोशीसन्देशबाट)