जतागयो उतै भद्रगोल

राजनीति समाचार

काठमाडौं । दश जना नेता र ५३ जना मारवाडी व्यापारीले देशको अर्थतन्त्र तहसनहस बनाएका छन् । ‘बैंकसँग ४४ खर्ब छ, नेतासँग ३२ खर्ब छ तर आर्थिक रुपमा देश जर्जर भएको छ । माओवादी एमाले हुँदै पूर्वराजा ज्ञानेन्द्रको आड लिएका दुर्गा प्रसाईंको भनाई हो यो । देशको हित भन्दा नेताको स्वार्थमा व्यवस्था प्रयोग भएको छ ।

बैंकबाट ऋण लिने, ब्याजमात्र होइन साँवा समेत नतिर्ने ऋणीहरुले बैंकलाई धम्क्याएका छन् । व्यापार बिग्रेर आत्मदाह गर्न बाध्य पार्ने संरचनामा सुधार गर्न जरुरी छ । अहिले सरकार अलमलमा भौतारिँदैछ । सबैलाई आफ्नो क्षमता भन्दा बढी सरकारको मन्त्री चाहिएको छ । पदमा पुग्न जनता प्रयोग गर्ने पद पाएपछि जनता बिर्सने प्रवृत्ति राजनीतिले बोकेको छ ।

दलगत रुपमा यो ठिक, त्यो बेठिक भन्ने ठाउँ नै छैन । अस्पतालमा गरिबको उपचार हुँदैन । भनसुन नगरी कुनै ठाउँमा काम हुँदैन । संसदमा स्थापित व्यवस्थाअनुसारको नीति नियम निर्माण भएकै छैन । कर्मचारी प्रशासन संघीय लोकतन्त्रको भावनाअनुसार चलेकै छैन । भ्रष्टाचारमा लोकप्रिय जो छ, त्यसैलाई सम्भावित कारबाहीबाट बचाउन नेता लाग्ने गर्दछन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *