प्रधानमन्त्री सचिवालयविरुद्ध माओवादी निकट कर्मचारीहरु

राजनीति समाचार

काठमाडौं । नेपालमा जति राजनीतिक दल दर्ता हुन्छन् त्यति नै ती दलनिकट कर्मचारी संघ संगठनहरु खोलिने गरेका छन् । त्यसरी दलसँगै खोलिएका कर्मचारी संगठनहरुले राजनीतिक दलका नेताहरुलाई र सरकारलाई भँजाएर खाने भाँडो बनाउने गरेका छन् । मन्त्रालयहरु कर्मचारी संगठनका नेताहरुले भरिभराउ हुन थालिसकेका छन् ।

त्योसँगै नेकपा माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन रहेको छ । तत्कालीन माओवादी द्वन्द्वकालमा स्थापना भएको राष्ट्रिय कर्मचारी संगठनका कर्मचारीहरुले सञ्जाल विस्तार गरेर माओवादी आन्दोलनलाई सहयोग पु¥याउँदै आएका थिए र नेपाल सरकारको जागिर पनि खाएका थिए । माओवादी शान्ति वार्तामा आएर २०६४ सालको संविधान सभा निर्वाचनमा माओवादी पहिलो पार्टी बन्न सफल भएको थियो । र, सरकारको नेतृत्व पनि माओवादीले नै गरेको थियो ।

यसरी माओवादीले सरकार बनाएपछि आफ्नो पार्टी निकट कर्मचारीहरुलाई खोजीखोजी प्रधानमन्त्रीले आफ्नो सचिवालयमा राखेका थिए । तर, ती कर्मचारीहरुले माओवादीको सरकारलाई सहयोग गर्नुको साटो आफै कमाउ धन्दामा लाग्दै आएका थिए । उता प्रधानमन्त्री प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री भएपछि प्रधान सेनापति रुकमाङ्गत कटवाललाई हटाउने नाममा विवादमा फस्दै गए । तर, प्रधानमन्त्री प्रचण्डका सचिवालय कर्मचारहरु भने कमाउन नै व्यस्त रहे । तत्कालीन माओवादी द्वन्द्वकालमा माओवादीको संगठनमा लागेको आरोप लागेका कर्मचारी अम्मर ढकाल गोश्वारा हुलाक कार्यालय सुन्धारामा कार्यरत थिए ।

हुलाकको जागिरसँगै उनी केही पत्रपत्रिकाहरुमा माओवादीसम्बन्धी समाचार लेख्ने काम पनि गर्दथे । त्यसबेला माओवादीमा लागेपछि उनको जागिर नै गएको थियो । माओवादी सरकारमा आएपछि उनले गुमाएको जागिर फेरि जोडियो । त्यसपछि उनी मालपोत कार्यालय स्याङ्जामा कार्यरत भएर जागिरबाट पेन्सन पनि पकाए । उनले माओवादी सरकार बनेसँगै विज्ञापन एजेन्सी खोलेर करोडौं रुपैयाँ कमाएका थिए भने उनका भाइ झम्कनाथ ढकाल पहिला सडक डिभिजन कार्यालयमा कार्यरत थिए भने माओवादीको सरकार बनेपछि उनी काठमाडौं महानगरपालिकाको उपकार्यकारी निर्देशक हुँदै सामान्य प्रशासन र गृहमन्त्रालयमा बसेर मोजमस्ती गर्दै आएका थिए ।

उनले पनि माओवादी कर्मचारी संगठनमा लागेर करोडौं रुपैयाँ कमाइ सकेका छन् । अहिले उनै झम्कनाथ ढकाल अध्यागमन विभागमा कार्यरत रहेका छन् । त्यसैगरी अर्का भाइ ज्ञाननाथ ढकालको त झन् कुरै नगरौं । जब माओवादीको सरकार बन्छ अनि प्रधानमन्त्रीको सचिवालयमा बस्ने र अन्य मन्त्रालयमा घुम्ने उनको बानी भइसकेको छ । यसरी उनले जहिले पनि शक्तिकेन्द्रमा बसेर बिनाकाम अर्बौं रुपैयौ कमाइसकेका छन् । अहिले पनि ज्ञाननाथ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको सचिवालयमा बसेका छन् । उनी जस्तै नेत्र पौडेल पर्यटन मन्त्रालयमा रमाएका छन् ।

त्यसकारण पनि प्रधानमन्त्री प्रचण्डले यस्ता कर्मचारीहरुको आनीबानी थाहा पाएर आफ्नो सचिवालयमा अरु नै इमानदार र क्षमतावान कर्मचारी खोजेर राखेका छन् । प्रधानमन्त्रीको सचिवालयमा आफूहरु बस्न नपाएपछि प्रधानमन्त्रीले राखेका ती इमानदार कर्मचारीहरुकोे विरुद्धमा विभिन्न पत्रपत्रिकाहरुमा समाचार लेखाउँदै आउने गरेका छन् । यसरी प्रधानमन्त्री प्रचण्डको सचिवालयमा काम गर्ने कर्मचारीहरुको विरोध गर्ने र बद्नाम गराउने झम्क ढकाल, ज्ञाननाथ ढकाल, अम्मरनाथ ढकाल र नेत्र पौडेलहरु रहेको समाचार स्रोतको दावी छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *