महालेखा नियन्त्रणका लेखा अधिकृतिहरु शक्तिकेन्द्र धाउँदै

राजनीति समाचार

काठमाडौं । सरकारमा मन्त्रिमण्डलले पूर्णता नपाएसँगै ब्यूरोक्रेसीभित्र खटपट सुरु भएको छ । अधिकाशं कर्मचारीहरु सरुवा भएर जाने र दुई, चार दिन हाजिर गरेर फर्किने क्रम नै जारी छ । अब सरकारले मन्त्रिमण्डल विस्तार गरेपछि कुन ठाउँका कर्मचारी कहाँ पुग्ने हुन् एकिन छैन । त्यस्तै महालेखा नियन्त्रण कार्यालय अन्तर्गतका कर्मचारी मालदार ठाउँमा जानको लागि न्वारनदेखिको बल निकालेर लागिपरेका छन् ।

त्यसमा पनि लेखापाल भएर विभिन्न जिल्ला, प्रदेश अन्तर्गतका सरकारी आयोजनादेखि विभिन्न प्रोजेक्टको लेखा प्रमुख भएर जानको लागि हानथाप गरिरहेका छन् । ठूला–ठूला प्रोजेक्ट र ठेक्कापट्टाको काम हुने कार्यालयहरुमा उनीहरु जानको लागि विभिन्न शक्तिकेन्द्र धाउने र महालेखा परीक्षक प्रमुख र मन्त्रीको चाकडी गर्नेसम्मको काम गर्ने गरेका छन् । त्योसँगै कोलेनिकाको प्रमुख भएर जानको लागि पनि मरिहत्ते गर्ने गरेका छन् ।

अधिकांश ठूला–ठूला आयोजनाको कामको भुक्तानीमा उनीहरुलाई कमिसन आउने भएको कारणले पनि ती महालेखा नियन्त्रण कार्यालयका कर्मचारीहरु विभिन्न निकायमा सरुवा भएर जानको लागि मरिमेटेर लाग्ने गरेका हुन् । तर, सरकारले मन्त्रिमण्डल कहिले विस्तार गर्छ त्यो भने निश्चित भइसकेको छैन । अहिले आठदलीय गठबन्धन गरेर बनेको सरकार छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई समर्थन गरिराखेको छ । त्यस्तै उता कम्युनिस्टहरुको एकता गरेर एकीकृत समाजवादी पार्टी गठन गर्ने भनिएको छ ।

यदि उक्त पार्टी गठन भएको खण्डमा त्यसले पनि समर्थन गर्ने देखिन्छ । त्यो मिलाउँदा यो सरकारलाई १० दलीयगठबन्धनको समर्थन हुने छ । तर, यस्तो सरकार कहिलेसम्म टिक्छ त्यो भने हेर्न बाँकी नै छ । त्यसकारण पनि महालेखा परीक्षक अन्तर्गत कोलेनिकामा जाने र मालदार मन्त्रालय, आयोजनामा जाने लेखापालहरुको भीड लाग्ने गरेको छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *