जुनसुकै पार्टीको सरकार बने पनि नेपाली किसानलाई पुरस्कार

राजनीति समाचार

सुरज बस्नेत
काठमाडौं । संघ र प्रदेश निर्वाचन सम्पन्न भएपछि वामपन्थी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र अन्य स्वतन्त्रहरुको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति कसलाई बनाउने भन्ने विवाद चल्दाचन्दै सरकार बनेको ६२ दिनमै गठबन्धन भत्किएको थियो ।

सो गठबन्धन भत्किएसँगै एकाएक अर्को आठदीय गठबन्धनको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा रहिरहेका छन् । उनी प्रधानमन्त्री रहिरहे तापनि आजको मितिसम्म मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनले गर्दा मन्त्रिमण्डल विस्तार गर्न ढिला भएको भन्ने बहानामा प्रधानमन्त्री प्रचण्ड पन्छिँदै गएका छन् । उपराष्ट्रपतिको निर्वाचन पनि पर्सी तीन गते सम्पन्न हुँदै छ ।

तर, मन्त्रिमण्डल कहिले विस्तार हुने हो अहिलेसम्म खाका तयार भइसकेको छैन । त्योसँगै प्रधानमन्त्री प्रचण्डले चैत आठ गते विश्वासको मत लिने भनिँदै छ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउँछन् कि पाउँदैनन् त्यो पनि टुंगो छैन । त्यसपछि मात्र राजनीतिक दलको भाग बन्डा सुरु हुने छ । मन्त्रिमण्डल विस्तार गर्दा कुन दलले कुन मन्त्रालय पाउने भन्ने एकिन अहिलसम्म भइसकेको छैन । अब बन्ने मन्त्रिमण्ड पनि राजनीतिक भागबन्डाको आधारमा बन्ने छ ।

त्यो आठ मात्रै होइन १० दलको भागबन्डा मिलाउनुपर्ने देखिन्छ । अहिले प्रधानमन्त्री प्रचण्डले १६ वटा मन्त्रालय आफैले सम्हालिरहेका छन् । उता नागरिक उड्डयन, संस्कृति तथा पर्यटन मन्त्रालय माओवादीले नै सम्हाल्दै आएको छ ।  त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पनि माओवादीले नै सम्हालिरहेको छ । त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि माओवादी नेता नारायणकाजी श्रेष्ठले सम्हाल्दै आएका छन् । खानेपानी मन्त्रालयले भने जनमत पार्टीले सम्हाल्दै आएको छ । अब हुने मन्त्रिमण्डल विस्तारमा सो मन्त्रालय परिवर्तन भएर अन्यको भाग जाने हो कि जनमतले नै पाउने हो त्यो पनि एकिन छैन ।

तर, सरकारको नेतृत्व माओवादी प्रचण्डले गरे तापनि अहिले बजार सुनसान अवस्थामा रहेको छ । आमनागरिकमा निराशा छाएको छ । बजार महंगी आकासिएको छ । त्योसँगै कृषि क्रान्तीको भाषण गर्ने प्रधानमन्त्री प्रचण्डले नेपाली किसानलाई मलको भाउ बढाएर एउटा गतिलो पुरस्कार दिएका छन् । एकातिर नेपाली किसानहरु खेतीको सिजनमा मल नपाएर भौतारिँरहेका छन् भने अर्कोतिर बल्लतल्ल पाएको मलमा पनि मूल्य बढाएर किसानको ढाड सेक्ने काम गरेका छन् । (तामाकाशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *