एउटा मन्त्रालयमा दुई सचिव घाँडो

राजनीति समाचार

काठमाडौं । एउटै मन्त्रालयमा दुई जना सचिव राख्दा प्रशासनिक भद्रगोल सृजना भएको छ । सचिव व्यवस्थापनका नाममा भद्धा रुपमा एउटै मन्त्रालयमा दुई जना सचिव बनाएर राख्दा एकातिर समन्वयको अभाव,अर्काेतिर व्यक्तित्वको टकराव । अहिले दुई सचिव भएको मन्त्रालयमा देखिएको बिसंगती हो यो ।

सरकारले मन्त्रालयको संख्या त घटायो तर ७४ जना सचिवको व्यवस्थापन गर्न नाममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,शिक्षा,विज्ञान तथा प्रविधि,ऊर्जा जलस्रोत र सिँचाइ,स्वास्थ्य तथा जनसंख्या,कृषि तथा पुशपक्षी,अर्थ र राजश्व लगायतका मन्त्रालयमा दुई दुई जना सचिव राख्दा अहिले भद्रगोल पैदा भएको हो । नेपाल जस्तो समाजमा एउटा मन्त्रालयमा समानस्तरका दुई वा दुईभन्दा बढी सचिव राख्दा सचिवहरूबीच एक अर्कोमा सहयोगात्मक भूमिका कम हुने र नेतृत्व कसले गर्ने भन्ने प्रश्न उठ्ने भएकाले एउटा मन्त्रालयमा एउटै सचिव राख्नु उपयुक्त हुने भए पनि लुटेर खान पल्किएकाहरुले एउटै मन्त्रालयमा दुई सचिव बनाएर भद्रगोल कायम गरेका हुन ।

जस्तो यही भद्रगोलको सानो नमुना हेर्न रामशाह पथमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हेरौं । त्यहाँ एकै पटक परिवारका सातै सदस्य निजामती सेवामा,बहिनी र दाजु नै सचिव बनेर रेकर्ड राखे,देवकुमारी गुरागाई सचिवको भूमिकामा छिन् । उनी सो मन्त्रालयको प्रशासन हेर्ने सचिव हुन । गुरागाईं २०७५ फागुन २६ गते सचिवमा बढुवा भएकी हुन् । प्राविधिक सहायक, अधिकृत, उपसचिव, सहसचिव हुँदै सचिवमा पनि गुरागाईं शिक्षा सेवाको शिक्षा प्रशासनबाटै बढुवा भएकी हुन् ।

सचिव भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग, सार्वजनिक खरिद अनुगमन कार्यालय(पीपीएमओ) हुँदै उनी स्वास्थ्य मन्त्रालयको प्रशासनतर्फको सचिवको भूमिकामा आइपुगेकी हुन् । त्यहाँ प्राविधिक सचिव छन्,रोशनकुमार पोखरेल,प्राविधिक र डाक्टर पनि हुन उनी । तर प्रशासनको सचिवको निर्णय क्षमता कमजोर हुँदा हरेक निर्णयमा ढिलासुस्ती हुँदा अहिले सास्ती खेपिरहेका छन्,प्राविधिक सचिव पोखरेल चाहिँ ।

निर्णय क्षमतामा कमजोर रहेकी सचिव गुरागाई कर्मचारी हप्काउन र थर्काउनमा भने पहिलो नम्बरमा रहेको आरोप कर्मचारीहरुले लगाउँदै आएका छन् । उनले हरेक दिनजसो स्वास्थ्यका आफूभन्दा जुनियर कर्मचारीहरुलाई आफ्नो कार्यकक्षमा बोलाएर हप्काउने गरेको कर्मचारीहरुले सुनाएका छन् । काम नगर्ने हप्काउने मात्र सचिव गुरागाईंको शैलीले स्वास्थ्यका कर्मचारी हैरान भएका छन् । सचिवको यस्तो रवैयाविरुद्ध स्वास्थ्यका ट्रेड युनियनका कर्मचारीहरु एकतावद्ध भएर विरोध गर्ने तयारी गरिरहेको स्वास्थ्यका कर्मचारीहरुले सुनाएका छन् ।

बर्ष दिन अघि अर्थात ०७८ माघ २४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरुवा भएर जनसंख्या र प्रशासन हेर्नेगरी आएकी सचिव देवकुमारी गुरागाईंल स्वास्थ्यमा कुनै योगदान दिन नसकेको आरोप लाग्न थालेको छ । अहिले महिला सचिवको संख्या ६ जना छ । त्यसमा एक जना उहाँ हुनुहुन्छ,त्यसमा गर्व गर्ने बोहक उहाँबाट कुनै आशा गर्ने ठाउँ छैन स्वास्थ्यकै एक जना सहसचिवको भनाई हो यो ।

उनको मातहत नीति योजना र अन्तराष्ट्रिय समन्वय महाशाखा भए पनि निर्णय क्षमतामा एकदमै कमजोर रहेकी गुरागाईले एउटा कर्मचारीको सामान्य बिदा स्वीकृत गराउन समेत हप्तौं झुलाउने वा प्राविधिक सचिवकै मुख ताक्ने गरेको स्वास्थ्यका कर्मचारीहरुको आरोप छ ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *