काठमाडौं । पार्टी विभाजनको बेला माधव नेपाललाई धोका दिएका १२ भाइ भित्रका नेकपा एमालेमै फर्केर रमाएका डा. भिम रावल, घनश्याम भुसाललाई किनारा लगाएको स्थितिबाट नेकपा एमाले मुक्त भएन । राष्ट्रपति उम्मेद्वारमा सहज रुपमा उम्मेद्वार भएर पराजित भएका सुवास नेम्वाङ पार्टीकै उपाध्यक्ष थिए । उनलाई उपनेता बनाइयो । एमाले भित्रका १२ भाइ मध्येकी अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति बनाएर थन्काएको छ । सुरेन्द्र पाण्डे, शेरधन राई चुपचाप छन् ।
माओवादीबबाट लेखराज भट्टको हालत उस्तै छ । चुनाव जितेका पार्टी सचिव पाएका योगेश भट्टराई, गोकर्ण विष्ट, टोपबहादुर रायमाझीको एमालेमा रमाएका छन् । ओलीवादभित्र रमाएर पनि खेलकुद महासंघको अध्यक्ष परशुराम बस्नेतलाई बनाएर फर्केका भानुभक्त ढकालले महासंघको इन्चार्ज भएर पनि नेतृत्व चयनमा गोकुल बास्कोटाले देखाएको दादागिरीको प्रतिवाद गर्न सकेन् । इमान्दार कार्यकर्ता र नेताका लागि पार्टी र नेतृत्वको निर्देशन प्रमु हुन्छ ।
तर एमालेमा अहिले कहाँ कसरी कसलाई थन्क्याउने भन्ने कुरा प्रधान बन्दैछ । त्यहाँ निष्ठा र त्यागलाई नै बिर्सेर रमाउने जमात बढेको कारणले छ । गलतलाई गलत भन्न नसक्ने टोली बढेको पार्टीले गति लिन सक्दैन । तर अध्यक्ष केपी ओलीले राष्ट्रपतिपदमा पराजित भएपछि मात्र सुभास नेम्वाङलाई संसदीय दलको उपनेता बनाए ।
पदम गिरी मन्त्री पदबाट हटेपछि प्रमुख सचेतक महेश बर्ताैलालाई बनाएका छन् । नाप तौल गरेर कसले कतिञ्जेल साथ दिन्छ, त्यसैअनुसार व्यवहार गर्ने नेतृत्वले संगठन संरचना कसरी सुधार्ला ? सामुहिकता नभएको पार्टी र विषयगत मुद्दामा बहस नहुने संगठन सुदृढ हुन सक्दैन । यो सत्यता अध्यक्ष ओलीलाई भन्ने आँट एमालेमा कसैले गर्दैन । (तामाकोशीसन्देशबाट)