उपेन्द्रलाई तराईका जनताले साथ छाड्दै

राजनीति समाचार

काठमाडौं । जनताको नाममा राजनीतिक दलले निर्वाचन जितेपनि समस्या जस्ताको तस्तै छ । मधेशमा राजनीति गर्दै आएका उपेन्द्र यादव सप्तरी २ बाट चुनावमा पराजय भोगेको ५ महिना पछि बारा २ बाट चुनाव लड्ने भएका छन् । तर उपेन्द्रलाई सत्ता सहभागी दल जनमत पार्टीले साथ नदिने भएको छ । एकल जातीयताविरुद्ध लडेको दाबी गर्ने जसपाका अध्यक्ष उपेन्द्र यादवलाई बारा २ बाट यादव समुदायकै मत पाउने आशा टुटेको छैन ।

यादवविरुद्ध जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टीले मधेसका सामुहिक मुद्दामा गठबन्धन गर्ने भनेका छन् । तिनै दलबाट ममता कुमारी झालाई उपराष्ट्रपतिमा उम्मेद्वार बनाएका थिए । जसपाका रामसहाय यादवलाई सत्ता गठबन्धन कांग्रेस, माओवादी, समाजवादीको मतबाट उपराष्ट्रपति बनेपछि राजनीतिमा उपेन्द्र यादव स्वार्थी नेताका रुपमा पहिचान बनाउन सफल भएका छन् ।
यादव आफैंले घटाएको रौतहट काण्डको निशस्त्र हत्याको झल्को लाग्छ ।

राष्ट्रिय मानव अधिकार आयोगले यादवलाई प्रमुख दोषी ठहर गरेर अदालतमा मुद्दा जाहेर गरेको थियो । सो घटना माओवादी शान्ति सम्झौतमा आएपछि घटाइएको हो । यादवले मधेसमा मिलेर बसेको समाज भाँडेर पहाडियाको खेदो खनेर आन्दोलन चलाएका थिए । जबकि नेपाल मधेस, पहाड र हिमालको सामुदायिक एकतामा चलेको छ ।

बारा २ मा उपेन्द्र नै किन उठ्न प¥यो ? पटक पटक चुनाव क्षेत्र र जिल्ला फेर्ने तर जनताको काम नगर्ने उपेन्द्रहरुको संसदमा उपस्थिति भनेको नै उनी उपप्रधानमन्त्रीसहित झण्डा हल्लाउने मात्र हो भन्दै जनमत पार्टीले भन्ने गरेको छ । व्यवहारमा यादव त्यस्तै छन् । उनी मोरङबाट पनि चुनाव जिते, उपेन्द्रको गृह जिल्ला सप्तरीमा समेत पराजय भोगेका थिए । ५ वर्ष संसद बाहिर टिक्न नसकेर वामदेव गौतम राष्ट्रिय सभामा मनोनित भए । नारायणकाजी चुनाव जितेर अहिले उपप्रधानमन्त्री भएका छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *