भागबन्डाको किचलोसहित भोलिसम्म मन्त्रिमण्डल विस्तार हुने

राजनीति समाचार

काठमाडौं । राष्ट्रपति निर्वाचन सम्पन्न भएको पनि महिना दिन पुग्न लागिसकेको छ । त्योसँगै उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएको पनि दुई साता पुग्न लागेको छ । तर, सरकारले भने मन्त्रिमण्डल विस्तार गर्न सकेको छैन । एघार दलीय गठबन्धनको सहयोगमा बनेको सरकारले मन्त्रिमण्डल छिटै गर्न सक्नु भागबन्डा नमिलेकै कारण ढिला भएको बताइन्छ । तर, भोलिसम्ममा जे÷जस्तो भएपनि मन्त्रिमण्डल विस्तार गर्ने लक्षण देखिएको छ ।

त्यो मन्त्रिमण्डलमा कुन पार्टीले कुन कुन मन्त्रालय पाउने हुन् हिजोसम्म केही पार्टीले टुंगो लगाय तापनि केहीको बाँकी थियो । उता नेपाली कांग्रेसले आठ वटा मन्त्रालय दावी गरिरहँदा नेकपा माओवादीले पनि पाँच वटा मन्त्रालय दावी गरेको छ । अहिले माओवादीको भागमा परेको मन्त्रालय पनि फेरबदल हुने देखिन्छ । अन्य पार्टीलाई कति–कति मन्त्रालय पर्ने हुन् त्यो पनि स्पष्ट छैन । उता राष्ट्रिय स्वतन्त्र पार्टीले भने वैशाख १० गते हुने उपनिर्वाचिन पछि मात्रै सरकारमा जाने या नजाने एकिन गर्ने बताएको छ ।

अहिले रास्वपाले सरकारलाई बाहिरै बसेर समर्थन गरिरहेको छ । त्यस्तै राष्ट्रिय जनमोर्चाले पनि मन्त्रिमण्डलमा नगएर बाहिरैबाट सहयोग गर्ने बताएको छ । त्यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीले पनि मालदारसहित तीनवटा मन्त्रालयको दावी गरिरहेको छ । त्योसँगै प्रदेशस्तरमा पनि एउटा मख्य मन्त्रीको दावी गरेको छ । उता मधेसवादी दलका नेता उपेन्द्र यादवले पनि मालदार मन्त्रालयको दावी गरेको छ । तर, उपेन्द्र नेतृत्वको पार्टीले उपराष्ट्रपति पाइसकेको हुनाले उसले मालदार मन्त्रालय भने नपाउने सम्भावना बढेको छ ।

उपेन्द्र आफू पनि उपराष्ट्रपतिको क्षेत्रबाट उपनिर्वाचनमा उम्मेदवारी दिइ सांसद बन्ने खेलोमेलोमा जुटेका छन् । अन्य साना दलको त खेलाजोखा नै छैन । उनीहरुले कुन मन्त्रालय पाउँछन् एकिन छैन । तर, ढिलो चाँडो भोलिसम्ममा मन्त्रिमण्डल विस्तार हुने संकेत देखिएको छ । प्रधानमन्त्री प्रचण्डले भोलिसम्म मन्त्रिमण्डल विस्तार हुने बताएका छन् । भन्न त प्रधानमन्त्री प्रचण्डले गत सोमवारै मन्त्रिमण्डल विस्तार हुन्छ भनेका थिए तर दलीय भागबन्डाकै कारण सोमवार मन्त्रिमण्डल विस्तार हुन नसेको बताएका छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *