नाथमले मनायो स्वर्ण महोत्सव

विविध समाचार

काठमाडौं । पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले गत सोमबार आफ्नो सोर्ण महत्वसव सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती विशेष अतिथि रहेको उक्त कार्यक्रममा संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थिति विभिन्न व्यक्तिहरुले नाथमले गरेको विभिन्न योगदानको बारेमा चर्चा गरेका थिए । उनीहरु नाथमले आगामी दिनमा अझ जिम्मेवार तथा भरपर्दो काम गरेर दक्ष जनशक्ति उत्पादन गरी नेपाली युवायुवतीलाई आयआर्जनको बाटो खोल्न सुझाव दिएका थिए ।

त्योसँगै नामथले उत्पादन गरेका विभिन्न सीपमुलक कार्यक्रमले नेपाली युवायुवतीहरुलाई सीपयुक्त तालिम दिएर दक्ष जनशक्ति उत्पादन गरी विश्वका विभिन्न देशमा सीप देखाएर नेपालको इज्जत बढाएको भन्दै प्रसंसा गरेका थिए ।

कार्यक्रममा नाथमले विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याएका व्यक्तिहरुलाई पुरस्कार तथा मायाको चिनो प्रदान गरेको थियो । त्योसँगै विभिन्न सांस्कृतिक झलकहरु पनि प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *