वाइवा काण्डले ऋषि तनावमा

समाचार

काठमाडौं । मिडियाकर्मी रवि लामिछानेले जसरी १२ भाइको खेदो खनेर सरकारको रक्षक बन्न सफल भए त्यस्तै व्यक्ति भजाएर मुलुकको राजनीतिक दलहरुलाई एउटा विन्दुमा उभ्याउने साहस भएका कांग्रेसका कार्यकर्ता एवं संचारकर्मी ऋषि धमलाको प्रवृत्तिको यतिबेला भण्डाफोर भएको छ ।

गल्ती गरेपछि मान्छे कसरी के रोगले झैं गल्छ भन्ने कुरा संचारकर्मी धमला भएका छन् । उनी वैधानिक रुपमा चलचित्रकर्मी एलिजा गौतमको श्रीमान् हुन् । कुर्कुरे वैंशको झोकमा ऋषिले तामाङ समुदायकी शर्मिला वाइवासँग मस्ती गरेको कुरा पीडितले बताइरहेकी छिन् । सामाजिक सञ्जालबाट उनका कुरा जति आए, त्यो भन्दा बढी आफुलाई जनमुक्ति सेनाको सदस्य बताउने नरनाथ गौतमले स्टार डटकमको नामा प्रसारण गरेका छन् ।

धमलालाई गौतमले दिएको चेतवानी आपसी मोलमोलाईसँग जोडिएको छ । अनामनगरबाट गौतमले धमलासँग गरेको कुराकानीमा सर्मिला वाइवाबाट लिएको भिडियो क्लिप सार्वजनिक नगरिदिएवापत ५ लाख पाउने भएका छन् । आफुलाई धमलाले प्राइम टेलिभिजनमा ठाउँ नदिएको दाबी गौतमले गरेका छन् । गौतमले आफु मुलक चलाउने ठाउँमा पुग्ने क्षमता भएको दाबी गरेका छन् ।

गल्ती गरेपछि मान्छे जतिसुकै धनि र पैसावाल भएपनि गल्छ भन्ने कुरा संचारकर्मी रवि लामिछानेको अराजक शैलीको राजनीति र ऋषि धमलाको प्रस्तुतिले प्रमाणित गर्दछ । त्यसैले खान पाए झ्याप्प नखानु, भन्न पाए प्याच्च नबोल्नु भनिएको हो । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *