ज्ञानेन्द्रलाई फकाउँदै पञ्च !

राजनीति समाचार

काठमाडौं । जनताले गणतन्त्रमा राजतन्त्रको प्रतिस्थापन देख्दैनन् । तर गणतन्त्रवादी नेकपा एमालेबाट उठाइएका पूर्व पञ्चका टुसाहरु भने हिन्दु धर्म र संवैधानिक राजतन्त्रको वकालत गर्दै व्यापारी, पूर्व राजा ज्ञानेन्द्र शाहको चिया बगानको चिया पिउन झापा पुगेछन् । आफ्ना बाबु मनोजबाबु मिश्रले राजाबाट प्रजातन्त्र दिलाएको असन्तुष्टीले नेपालमा बहुदल आएदेखि मृत्युपर्यन्तसम्म सार्वजनिक समारोहमा सहभागी नभएको कुरा बुझेका रविन्द्र मिश्रको राप्रपामा प्रवेशले केही देखाउन सकेको छैन ।

जहाँ रविन्द्र त्यहाँ भाँडभैलो छ । राप्रपाका महामन्त्री धवलशमशेर राणा, वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनी, अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व व्यापारी राजा ज्ञानेन्द्रको शरणमा गएर हिन्दुत्वको वकालत गर्नु नौलो होइन । हिन्दुत्व कमजोेर पार्ने गणतन्त्रको आडमा लुटका पञ्चहरु नै हुन् । त्यो सत्य बुझ्न व्यापारी ज्ञानेन्द्रलाई कुनै कठिन छैन ।

जहाँ गयो, त्यहाँ दुर्गा प्रसाईं जस्ता बैंक ठग र तस्करहरु नेपालको झण्डा र ब्यानर लिएर खडा हुन थालेपछि झापाको जमिनमा घडेरी प्लटिङको कार्य प्रगति हेर्न पुगेका ज्ञानेन्द्रको चिया बगान र हिमालय टि स्टेटका गिरीबन्धुहरुको योजना कम्युनिष्ट भनिएको ओली सरकारले सफल बनाएकै थियो । अब रुपैयाँ घुस लिएर त्यो बेला चिया बगान सार्न दिने गरी ऐन परिवर्तन गर्न माफियाहरुले एमालेलाई प्रयोग गर्न सफल भएका थिए । पद्मा अर्यालय भूमिमन्त्री थिइन ।

कमल थापाले व्यापारी पूर्व राजाबाट पैसा पाउँदा मेची महाकाली रथयात्रा गराएकै थिए । पैसा पाएर रथ यात्रा गराए । पैसा नपाएपछि केपी ओलीको पहिलो क्याबिनेटमा परराष्ट्रमन्त्री बनेर इसाई धर्मको सेवा गरेका कमल थापा यो बेला छुट्टै झुण्डमा छन् । थापाको हिन्दुत्वको योजना बाँकी छ । राजतन्त्र फर्काउने योजना त्यागेका छन् । ज्ञानेन्द्रलाई पुनः राजतन्त्र फर्कन्छ भन्ने विश्वास नहुँदा पनि पूर्ण पञ्चहरुको दौडधुपको रुवाबासीले जनतालाई गिज्याएको छ । जनस्तरमा पूर्व पञ्च ध्वस्त छन् । दलभित्र पनि असन्तुष्टी बढ्दैछ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *