जनअपेक्षाविरुद्ध कांग्रेस

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेस व्यक्ति केन्द्रीत बन्दैछ । सभापति शेरबहादुर देउवा पार्टीका प्रतिपक्षी नेता डा.शेखर कोइराला, कृष्ण सिटौलाको फरक धारले सरकारमा मन्त्रीका भाग खोज्छ, त्यहाँ द्वन्द्व सिर्जना गर्दैछ । कांग्रेसले एकल सरकार बनाउन सक्ने जनमत बढाउन सकेको छैन ।

बरु कांग्रेसमा प्रकाशमान सिंह र विमलेन्द्र निधिको एकले अर्कालाई नपत्याउने शैलीको शिकार आफैं बन्दैछन् । निधि समानुपातिकबाट सिंह प्रत्यक्षबाट निर्वाचित सांसद हुन् । उनीहरु दुबैले सरकारको नेतृत्व गर्ने दाबी गर्दा संस्थापक नेताहरु पूर्णबहादुर खड्का, डा.प्रकाशशरण महत, डा.आरजु राणाको महत्वकांक्षा पुरा हुन्छ कसरी ?

पार्टीका नेताहरु डा.शेखरले ३ मन्त्री खोज्ने सिटौलाले एक मन्त्री पाउने हो भने संस्थापनका दर्जनौं आंकाक्षीको कसरी चित्त बुझ्छ । जनताभन्दा नेता सर्वाेपरी ठान्ने गलत चिन्तन गणतन्त्रमा छ । जनताले त्यो अपेक्षा गरेकै थिएन । सरकारको साझा एजेण्डा ल्याइने भनिएको छ । महंगीको मार चर्काे छ, भ्रष्टाचार नियन्त्रणमा नेताको ध्यान नै छैन ।

कालोबजारी र बिचौलिया हावी भएको गणतन्त्रले सरकारको खाद्य व्यापार कम्पनी लिमिटेड, नेपाल आयल निगमबाट हुने व्यापारिक कारोबारमा राज्यले लिने कर घटाएर पनि सार्वजनिक सरोकारका बारेमा चासो दिन सक्थ्यो । तर सरकारले महंगी नियन्त्रमा कठोर हुनसक्ने वातावरण छैन । किनकि दलहरुले तिनैसँग चुनावमा चन्दा लिएका छन् ।

कर्मचारीतन्त्रभित्र भ्रष्टाचार भने यथावत छ । सरकार फजुल खर्च रोक्ने निर्णय गर्छ, कार्यान्वयन गर्ने क्षमता छैन । कर्मचारीसमेत दलको आडमा ठूलो कमाई हुने योजनाहरुमा चासो लिने गरेका छन् । सरकार चुस्त क्षमतावान बन्न नेतामा त्याग र निष्ठा चाहिन्छ । यसपटक ठुला नेता मै निष्ठा र त्याग छैन भन्ने कुरा ठुला पार्टी कांग्रेस र एमालेले प्रधानमन्त्री पद छाड्न सक्ने अवस्थामा भएनन् । तेस्रो दल माओवादीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री पदको मोह नघट्नु कांग्रेस र समाजवादीका नेताले समेत प्रधानमन्त्री पदको भागवण्डा लगाउनुले नेतृत्व कस्तो छ भन्ने देखाउँछ ।

नेपाली कांग्रेसभित्र उपनिर्वाचनमा टिकट कसले पाउने भन्ने लडाइँ पनि चर्केको छ । निर्वाचन आयोगले वैशाख १० गतेका लागि तनहुँ १, चितवन २, बारा २ मा उपचुनाव गर्ने घोषणा गरेको छ । कांग्रेसलाई गठबन्धन बिना तनहुँ १ मा चुनाव जित्न कठिन छ । किनकि तनहुँ १ माओवादीको बलियो संगठन सुक्दै एमालेको संगठन बलियो बन्दैछ । माओवादीका नेता केन्द्रमा रमाउँछन् जिल्लाको संगठन चासो दिन छाडेका कारण तनहुँ कमजोर बन्दैछ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *