काठमाडौं । सरकारका मन्त्री र विशिष्ठ श्रेणीका सचिव एउटा प्युसो कर्मचारी पावरफुल देखिन्छ । जस्तो केही समय अघि अघि मन्त्रालयका एक जना वरिष्ठ सहसचिवको कोठामा सत्तारुढ दल निकट कर्मचारी संगठनका पदाधिकारी सरासर भित्र छिरे । सहसचिवसँग केहिसमय गोप्य गरे । सहसचिवले यो काम गर्न नियमले मिल्दैन भने । त्यसपछि उनले भने,‘महानिर्देशक हुने पालो अब तपाईको आएको छ । यस्तो बेला पनि हामीले भनेको मान्नु भएन भने कसरी महानिर्देशक हुनुहुन्छ ?’ नभन्दै उनी महानिर्देशक हुन पाएनन् ।
उनीभन्दा जुनिएर सहसचिवले महानिर्देशकको नियुक्ती पड्काए । ती अहिले पनि महानिर्देशककै कुर्सीमा छन् । लालबाबु पण्डित संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हुँदा कर्मचारी समायोजन सफ्टवेयर निर्माण गरियो । त्यही सफ्टवेयरका नाममा दिनेश थपलियाले करोडौं आर्जन गरेको बताइन्छ ।सोही सफ्टवेयरबाट समायोजन गएिको हुँदा केही कर्मचारी नेताहरुको समायोजन स्थानीय तहमा गरियो । केदार देवकोटा, भोला पोखरेल जस्ता कर्मचारी नेताहरुलाई पनि स्थानीय तहमा खटाइयो ।
तर उनीहरु सरकारले खटाएको ठाउँमा एक पटक पनि हाजिरी गर्न गएनन् । अनेक बहाना गरी काठमाडौंमै बसे । केदारले त आफू मानसिक रोगी भएको कागजात बनाए । उनीजस्तै २६ जना कर्मचारी नेताले यस्ता कागजात बनाएर संघमै फर्किए । कर्मचारी नेता भएकै आडमा पुन्य ढकाल २५ वर्षसम्म गृहमन्त्रालयमा बसे । उपसचिवमा बढुवा हुने वित्तिकै नियम र प्रक्रिया मिचेर एकै पटक प्रमखु जिल्ला अधिकारीको नियुक्ति पाए । उसैगरी उपसचिव (पानी बढूवा) भएका मोहन घिमिरे,सिडियो पाइन भन्दै खटाएको ठाउँमा गएका छैनन्,सामान्यमै बसेर तर मारिरहेका छन् ।
चाहे,सुव्वा होस वा अधिकृत कर्मचारी नेताहरु आफूलाई मन्त्रालयको सचिवभन्दा माथिल्लो ठान्ने गर्छन् । कर्मचारी नेताले पार्टीको सदस्यता लिएको हुन्छ । उसले चाह्यो भने सचिवलाई नै सरुवा गर्न सक्छ । त्यसैले मन्त्रालयको सचिव पनि कर्मचारी नेतासँग डराउनु पर्ने स्थिती छ । कर्मचारी नेतासँग त्राहीमाम भएर मन्त्री र सचिवले काम गर्नुपर्ने बाध्यता छ ।
कर्मचारीहरु किन बदनाम छन् ? कारण साँढे जस्ता कर्मचारी ट्रेड युनियनका कारण । कर्मचारी ट्रेड युनियनका नाममा सरुवा,बढूवा,चिठ्ठाजस्ता धन्दामा रमाउने र घर घडेरी जोड्ने खेतीमा लागेका कारण ती संगठनहरुको छबि धुमिल हुन पुगेको छ । कर्मचारी संगठनकै आडमा करोडौं कमाएका केदार देवकोटा एमाले निकटकै पेशाकर्मी महासंघको अध्यक्ष खान मुख मिठाएर बसिरहेका छन् ।
केदारझैं हालै उपसचिवमा बढुवा भएका मोहन घिमिरे,गोपाल पोखरेल,भोला पोखरेल,लेखनाथ कोइराला,भुवनेश्वर चौधरी हुँदै हरि रावलजस्ता नेताहरुलाई कर्मचारीकै नेता भएकै आडमा करोडौं कमाउन लागिपरेका छन् । न त उनीहरुलाई सिंहदरबारको गेटै छाडेर कतै जानु परेको छ । यस्ता कर्मचारीहरुको भीड खोज्न सिंहदरबार छिरे हुन्छ । जस्तो १५ बर्षदेखि पर्यटन मोहन घिमिरे उपसचिवमा उक्लिए । माधव नेपालकै गृह जिल्लामा खटाइए, जान मानेनन । मेयरदेखि कार्यकारीसम्मलाई थर्काए ।
कर्मचारीको नेता पनि कहीँ स्थानीय तहमा काम गर्दछ भनेर अहिले सामान्यमै जगेडामा बसेर तलब खाइरहेका छन् । शाखा अधिकृत सन्तोष कुमार खत्री, जयराम उप्रेती, शेखरनाथ दाहालदेखि रोजी भैरसम्मलाई । झण्डै दश बर्षभयो त्यहाँका उपसचिव रविन्द्रजंग थापालाई कुनै मन्त्री,सचिवले तह लगाउन नसकेको । जागिर खाएको दश बर्षमा उनी सामान्यकै चौघेरा नाघेर अन्यन्त्र कतै गएका छैनन् । जनशक्ति तथा योजना फाँटको हर्ताकर्ता उपसचिव रामुराज कडरिया विगत चार वर्षदेखि मन्त्रालयमा कार्यरत छन् ।
यस्तै गृह मन्त्रालयमा कार्यरत नायब सुब्बा माधव सिग्देल वर्षौँदेखि अड्डा जमाएर बसेका छन् । एमालेनिकट कर्मचारी संगठनसँग आबद्ध छन् । यस्तै लुट मच्चाउन पाइने भएकै कारण संघीय निजामती सेवा ऐनमा कर्मचारी ट्रेड युनियन खारेज गर्न नदिन कर्मचारी नेताहरु हात धोएर लागिपरेका छन् ।(तामाकोशीसन्देशबाट)