आईजीपी र एआईजी बढुवामा कांग्रेसको हस्तक्षेप

राजनीति समाचार

काठमाडौं । कांग्रेसको शक्ति प्रयोग गरेर अशोक सिंह नांगिए । डिआईजीबाट विदा लिने बेलामा नलप्रसाद उपाध्याय र श्याम ज्ञवाली जन्ममिति र प्रमाणपत्रको झमेलामा परेर उम्किए । एसएसपी पदमा रहँदा रामदत्त जोशी, उमेश जोशीभन्दा तलका वसन्त कुँवरलाई डिआईजीमा पहिलो नम्बरमा ल्याउन डा.आरजुदेखि भानु देउवासम्मको दबाब सहन तत्कालीन गृहमन्त्री बालकृष्ण खाँड बाध्य भएकै हुन् । भाग्यमा भएपछि शत्रु जति लागेपनि भगवान दाहिना हुन्छन् भन्ने कुरा नयाँ आईजीपी बसन्त कुँवरको हकमा अहिले पनि लागू भयो ।

प्रधानमन्त्रीले त्यहाँ जोडबल गरेनन् । कुँवर डिआईजी बढुवा पहिलो नम्बरमा हुँदा सन्दीप भण्डारीहरु सातौं नम्बरमा पुगेका थिए ।
पहिला दाजु एमालेको तर्फबाट प्रदेश १ को सभामुख भएकाले सन्दीप भण्डारीको बढुवामा एमालेको गन्ध आयो । भिम ढकाल आँफैं अन्तिममा थिए । अहिले भिमलाई कर्णाली प्रदेशको कमाण्डमा खटाइएको छ ।

नेपाल प्रहरीमा कांग्रेसी दबदबा चलेको छ । प्रधानमन्त्री प्रचण्डले चाहन्थे भने उनका विश्वासी तेस्रो नम्बरका डिआईजी पनि एआईजी बढुवा तेस्रोमै थिए । देउवा प्रधानमन्त्री भएका बेला तेस्रो नम्बरका एआईजी धिरजप्रताप सिंहलाई आईजीपी बनाएपछि पहिलो नम्बरका विश्वराज पोखरेल अदालत जाँदा दोस्रो तहका सहकुल थापा पछि परे ।

माधव नेपाल निकट भनिएपनि उत्तम सुवेदी कतै चहलपहल गरेनन् । उनी धिरजसँगै बढुवा भएका थिए । अहिले प्रधानमन्त्री प्रचण्डलाई महिला आईजीपी बनाउने दबाब थियो । किनकि ३० वर्षे सेवा रहेको खण्डमा पनि टेकप्रसाद राई, किरण बज्राचार्य, बसन्त कुँवर, श्यामलाल ज्ञवालीको सेवा प्रवेश २०५१ मा एकै दिन भएको कारण उनीहरुमध्ये जो आईजीपी भएपनि ६ महिनापछि सेवामा जोडिएका एआईजी दिपक थापाको आईजीपी बन्ने मौका छ ।

प्रहरीको उपत्यका कमाण्ड, प्रशासन, कार्य विभाग, सीमा विभाग, केन्द्रीय अनुसनधान ब्यूरो, तालिम केन्द्र, अपराध महाशाखामा एआईजीले कमाण्ड गर्छन । ती सबै ठाउँ एकै पटक पदपूर्ति गर्न बाँकी चार पदमा एआईजीको तुरुन्त बढुवा गर्ने सिफारिस गर्दा सन्दीप भण्डारी, मिरा चौधरी, प्रदिप गिरी, टेकबहादुर तामाङको सिफारिस भएको छ । अरुको दौडधुपका थन्को लागेको छ ।

एआईजीका चार दरबन्दीमा दश भाइको प्रतिस्पर्धा रहेको थियो । जहाँ समावेशीतालाई आधार भन्दा पनि महिला, जनजाति, मधेसी उम्मेद्वार रहेका थिए । बुद्धिराज गुरुङ, टेकबहादुर तामाङ जनजाति परे, मिरा चौधरी, दुर्गा सिंह महिला र जनजातिमा पर्दथे । सुदूरपश्चिममा उमेशराज जोशी, रामदत्त जोशी छन् । सन्दीप भण्डारी, भिम ढकाल, पोषराज पोखरेल प्रदेश १ का हुन् ।

बाग्मती प्रदेशका सुदिप गिरी रहेका थिए । राजनीतिक सम्बन्धको कुरा यसपटक अर्थ भएन । कांग्रेसका भ्रष्ट टिमले पैसा पायो भने बसन्त पन्थलाई ११ दिन, बसन्त लामालाई जसरी २४ घण्टे एआईजी बनायो । त्यही रुप नदेखाउला भन्न सकिँदैन । अबका प्रतिस्पर्धी सबै २०५२ पछिका हुन् । प्रहरीमा बढी राजनीति गर्ने कांग्रेस हो । विश्वराजलाई एमालेकरण गराएर धिरजप्रतापलाई आईजीपी बनाउँदा त्यो देखियो । तर पोखरेलको नाताले ईश्वर पोखरेल काका पर्थे । पोखरेलकै बलले उनी सहयात्रीभन्दा १६ महिना अगाडि एआईजी भएका थिए ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *