काठमाठौं । ‘फलेको वृक्ष नझुकेको कहाँ छ र ?’ भन्ने नेपाली उखानको ठ्याक्कै विपरीत नेपाली राजनीतिमा सदाबहार लागू भइरहेको हुन्छ । आफ्नै घमण्डले सिद्धिएका रवि लामिछानेको मपाइँको कारण आफु त सकिए, पार्टीलाई पनि भड्खालोमा पारेका छन् । रविले न त उपकारी गुणी व्यक्ति बन्ने प्रयास गरे, न त फलेको वृक्षको हाँगो झुलिरहने स्थितिको सिर्जना गरेको छ ।
स्वार्थको कुरा भन्दा फरक बन्ने आसय कसैमा देखिँदैन । आफैं भ्रष्ट बनेर संचारकर्मीको बद्नाम गर्ने रवि लामिछाने पुडासैनी हत्या दुरुत्साहन काण्डमा सामेल भएकै थिए । टेलिभिजनबाट झाँको झार्ने डरले चितवनका जिल्ला न्यायाधीशहरुले प्रमाणित कागजात हेरेनन् । बरु रवि लामिछानेलाई सफाई दिए । हो तिनै रविले खोलेको रास्वपा अहिले मपाइँवादमा डुबेको छ ।
आँफु नक्कली नागरिकताकै भरमा राहदानी बनाएर संविधान र कानूनको धज्जी उडाएर सांसद पद खारेजीमा परेका रविलाई गृहमन्त्री दिन प्रधानमन्त्री प्रचण्डले नमान्दा रविले सरकारलाई समर्थन दिएपनि सरकारमा सहभागी भएनन् । नेपाली कांग्रेसमा आफ्नो स्वार्थ पुरा नहुने देखेपछि स्वर्णिम वाग्ले रास्वपामा प्रवेश गरेर उपनिर्वाचनमा सांसद उम्मेद्वार बनेर चर्चा बटुलेका छन् ।
आफु बाहेक अरुलाई सरकारमा पठाउँदा आफु नांगिने डर रविलाई भयो । सरकारमा जानेले पार्टी फुटाए भने अर्काे आपत हुन्छ । रविको पार्टीमा कांग्रेस, एमालेले सिकाएका युवा धेरै छन् । उनीहरु राजनीतिक ज्ञान रविलाई भन्दा धेरै छ । कुनै पनि पार्टी बन्न त्यसको सिद्धान्त, नीति, कार्यक्रम स्पष्ट हुनुपर्छ । तर रविको पार्टी संघीयताविरोधी गणतन्त्रको समर्थक बनेर आएको छ ।
त्यो पार्टीले श्रम र शिक्षामन्त्री पाएर केही गरेनन् । शिक्षामा एनजीओ प्रेमी शिशिर खनाल, श्रममा वैदेशिक रोजगारको धन्दा चलाएका धादिङका डिपी अर्याल खटाएका थिए । रास्वपाले तनहुँ १ मा स्वर्णिम वाग्ले, बारा २ मा रमेश खरेल, चितवन २ मा रविलाई उपचुनावको उम्मेद्वार बनाएको छ । पुराना दलहरुप्रतिको वितृष्णाले आफुमा मतदाता प्रभावित हुने आश रास्वपाको छ । उसको हैसियत भने केही छैन ।(तामाकोशीसन्देशबाट)