कांग्रेसमा आरजु म्याडम हेरेको हे-यै

विविध समाचार

काठमाडौं । श्रीमान प्रधानमन्त्री हुँदा बालुवाटारमा किचन क्याबिनेट खडा गरेर प्रहरी र प्रशासनमा हस्तक्षेप गर्ने कांग्रेसकी डा.आरजु देउवालाई यसपटक मन्त्री पद प्राप्त भएन । उनी परराष्ट्र मन्त्रालयको नेतृत्व गरेर भारतलाई खुसी पार्ने दाउमा थिइन । अहिले कांग्रेसले मन्त्रीमा पठाएकाहरु धेरै नयाँ छन् ।

तिनले बोलेअनुसारका काम गरेको खण्डमा कांग्रेस बद्नाम बन्नबाट जोगिन्छ । आरजुको दाउ आफु नभए, मञ्जु खाँडलाई मन्त्री बनाउने थियो । तर डा.प्रकाशशरण महत अर्थमन्त्री बन्न पुगे । डा. महत अर्थशास्त्री त हुन्, तर भ्रष्ट भनि चर्चित डा.महतले विद्युतको हाहाकार भएको बेला ओरालो लागेको विद्युत प्राधिकरणलाई बचाउनेभन्दा कंगाल बनाउन जोड दिएका कारण कार्यकर्तामा उत्साह छैन । डा.महतले विगतको गल्ती सच्याउने काम गर्नुपर्छ ।

उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ संस्थापन र विपक्षीको नेतृत्व गरेका हुन् । गुरुङ सरकारमा गएका छैनन् । नेतृत्व गर्न प्रकाशमान सिंह, विमलेन्द्र निधिसम्मको चाहना थियो । तर तिनले मौका पाएनन् । दिपक खड्का, रामहरि खतिवडा, अजय चौरासिया, राजेन्द्र केसीसम्मले मन्त्री चाहेका थिए । तर मौका पाएनन् । उनीहरु पछिल्लो पटक मन्त्री बन्ने लाइनमा छन् । म

धेसी समुदायलाई कांग्रेसले पेलेको छ । त्यो समूहबाट जसपाले पठाउने प्रतिनिधिले प्रदेशको नेतृत्व लिने भएका छन् । कांग्रेसमा धेरै गुट उपगुट छन् । कृष्ण सिटौला, डा.शेखर, डा.शशांक कोइरालासमेतले भाग पाएका छन् । मन्त्री भए भने प्रदीप पौडेल, धनराज गुरुङ, दिपक गिरी त्यसकै प्रतिनिधिपात्र हुन् ।

कांग्रेसभित्र विचार र सिद्धान्त खोजेर पाइँदैन । एमाले माओवादीजस्ता दलमा विचार, सिद्धान्तले ठाउँ नपाएको बेला कांग्रेससँग खोजेर हुँदैन । मुलुकमा बिग्रेको अर्थतन्त्र सपार्ने दायित्व गठबन्धनको हो । कम्युनिष्ट सरकारको ४१ महिने कार्यकाल अहिलेको संकट हो । अर्थतन्त्र नसुध्रिएसम्म भ्रष्टाचार नियन्त्रण हुँदेन ।

कालोबजारीले नेटो काटेको छ । नेताहरु स्वार्थमा केन्द्रीत छन् । जनताको समस्या ओझेलमा प¥यो भने देशमा विद्रोह हुन्छ । सरकार सचेत भएको छैन । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *