मञ्चमा बोल्दा झण्डै चड्कन

राजनीति समाचार

काठमाडौं । बाघको छालामा स्यालको दाइँ, भाग खानेलाई कहीँ न कहीं भनेजस्तै भएको छ नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको मिसन ग्रासरुट अभियान । अहिले सुदूरपश्चिम प्रदेशमा नेतृत्वको लडाइँ चलाइरहेको छ । माओवादीबाट गएका लेखराज भट्ट, अध्यक्ष केपी ओलीका ज्वाइँ कर्ण थापाका बिचमा पनि मेल छैन । ओलीको आडमा विपक्षी मत राख्नेविरुद्ध बोल्ने दयालबहादुर शाही हुन् वा पार्टीका सल्लाहकार सदस्य पदमराज जोशी भनेका धुपौरेका रुपमा चिनिएका नेता थिए । तिनै मध्येका जोशीले डा.भीम रावलले बनाएको संगठनमा धावा बोल्दा झण्डै कुटाई खानुप¥यो ।

जिल्ला पार्टी अध्यक्ष चन्द्र बोहरा भएतापनि अछाममा एमालेको कुनै जिम्मेवारीमा नभए पनि डा.रावललाई एमालेले माइनस गर्न सक्दैन । सुदूरपश्चिम डा. भिम रावलको किल्लाका रुपमा छ । कर्ण थापा त आर्शिवादले सो प्रदेशको सहइन्चार्ज भएका हुन् । लेखराज भट्टलाई ओलीले इन्चार्ज बनाएपछि डा.रावललाई पार्टीले कुनै जिम्मेवारी नदिएको अवस्था छ । एमाले सुदूरपश्चिम इन्चार्ज बैतडीका सांसद दामोदर भण्डारी बन्न पाएका छन् । डा.रावल निष्क्रिय भएकाले एमालेको सांसद संख्या कम भएर नै मुख्यमन्त्रीको पद रणबहादुर रावलले बचाउन सकेनन् ।
डा.भिम रावललाई पार्टीको अभियानमा जोड्ने दायित्व हो ।

जो इन्चार्ज, सह–इन्चार्ज पार्टीका अध्यक्ष र सल्लाहकार परिषद् सदस्य छन् । केपी ओलीले महोत्तरीमा मान्छे मार्ने हत्यारालाई टिकट दिँदा अछाम तथा सुदूरपश्चिममा भिमलाई वास्ता गरेनन् । पार्टीलाई सैतान भन्ने कार्यकर्तालाई हलोमा भोट हाल्न लगाउने मोति दुगडजस्ता राजस्वमाराको सल्लाहमा देशको राजस्व डुब्ने ऐन, नीति निर्माण गर्ने काम गर्ने अध्यक्ष केपी ओली नै हुन् । तर डा.रावलले ओलीलाई नढोग्दा गल्ती भयो । डा.रावलको सहयोगमा अछाममा एमालेको जिल्ला अध्यक्षमा चन्द्र बोहरा निर्वाचित भएका थिए ।

पार्टीको मिसन ग्रासरुटमा सहभागी नभएका डा.रावल धनगढी, कञ्चनपुर, कैलालीजस्तो तराई क्षेत्रमा पनि आफ्नै संगठन बलियो भएका नेता हुन् । उनी धनगढीमा बस्दा उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यमा अछाममा कार्यक्रम राखियो । तर कार्यक्रम सम्पन्न नगरी बिचमै पौडेल भाग्नुपरेको थियो । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *