अधिकांश निजी कलेजका विद्यार्थीहरु कुलतमा फस्दै

राजनीति समाचार

काठमाडौं । गत चैत १७ गतेबाट एसईईको परीक्षा सुरु भएको छ । झन्डै ५ लाख हाराहारी विद्यार्थीहरुले अहिले एसईईको परीक्षा दिइरहेका छन् । त्यो एसईईमा हिजोका दिनसम्म कुनै अप्रिय घटना नभइ शान्तिपूर्ण तरिकाले परीक्षा सञ्चालन भइरहेको छ । त्योसँगै अधिकांश विद्यार्थीले एसईई पार गरेपछि नयाँ कलेजको खोजीमा लाग्ने गर्दलछन् । तर, वर्षेनी ४ लाख ५० हजारको हाराहारीमा विद्यार्थीहरु एसईईबाट उत्तीर्ण भएपछि आफ्नो पढाइ र रोजीरोटीको लागि भौतिरिने गरेका छन् । त्योसँगै अधिकांश निजी कलेजहरुले नयाँ भर्नाको लागि विभिन्न आकर्षक नारा दिएर विज्ञापन गर्ने चलन विगतदेखि चल्दै आएको छ ।

यसरी विद्यार्थीहरुलाई विज्ञापन गरेर आ–आफ्नो कलजमा भर्नाको लागि होडवाजी नै चल्ने गरेको छ । त्योसँगै कलेजमा लाग्ने फिस, खाजा खर्च, पोशाक खर्च, गाडी भाडा, खेलकूद खर्च र अन्य अतिरिक्त क्रियाकलापको शुल्क जोडेर लाखौं रुपैयाँ कलेजहरुले असुल्ने गरेका छन् । त्यस्ता कलेजहरुलाई शिक्षा मन्त्रालयले अनुगमन गरी न्यूनतम शुल्क निर्धारण गर्न सकेको छैन । उल्टै निजी कलेजहरुले आफ्नो मनलाग्दी शुल्क असुल्दै आएका छन् । ती कलेजहरुले राजश्व पनि पारदर्शी ढंगले बुझाउने गर्दैनन् ।

त्यसरी विद्यार्थीबाट उठाइएको शुल्कले कलेजहरुले गरेका कालाकर्तुत ढाकछोप गर्न विभिन्न मिडियादेखि सम्बन्धित निकायलाई मुख बुझो लगाउने काम निजी कलेजका प्रिन्सिपलहरुले गर्दै आएका छन् । कतिपय विद्यार्थीहरु त कलेज भर्ना भएपछि आफ्नो कलेजमा पढाइलाई ध्यान दिनुभन्दा पनि विभिन्न साथीसंगतिको कारण कुलततिर फसिराखेका छन् । तर, कतिपय विद्यार्थीहरुले आफ्नो पढाइलाई पनि ध्यान दिएका छन् । त्योसँगै कतिपय विद्यार्थीहरु विभिन्न कलेजमा भर्ना हुने र कुलतमा फस्ने गरेका उदाहरण प्रष्टै छन् । त्यसको उदाहरण लिन सकिन्छ काठमाडौंको तीनकुने र थापाथलीमा सञ्चालित भिएस निकेतन कलेजलाई ।

भीएस निकेतनमा अध्ययनरत विद्यार्थीहरु अधिकांश कुलतमा फस्ने गरेको पीडित अभिभावकहरुको गुनासो छ । भीएस निकेतनजस्तै अन्य आफूलाई ठुलो दावी गर्ने कलेजहरुमा पनि विद्यार्थी कुलतमा फस्ने गरेका छन् । बाहिर ठूला कलेज भनेर कहलिएका तर त्यस विद्यालयमा अध्यानरत विद्यार्थी कुलतमा फस्ने गरेका अन्य कलेजहरुमा गोल्डेनगेट कलेज, नोबेल एकेडेमी कलेज, युनिग्लोब कलेज, ह्वाइट हाउस कलेज, ग्लोबल कलेज, टाइम्स कलेज, एभरेष्ट कलेज, काठमाडौं मोडेल कलेज (केएमसी), लिटल एन्जल्स हात्तिगौडालगायत छन् ।

उक्त कलेजमा अध्ययरत विद्यार्थीका अभिभावकहरुले छोराछोरी राम्रो कलेजमा पढाएर मात्रै के गर्नु ? ती कलेजमा पढ्ने विद्यार्थीमा न त अनुसासन नै छ न त पढाइ राम्रो छ । बरु उल्टै छोराछोरीहरु नराम्रोसँग कुलतमा फस्ने गरेका छन् भन्दै विभिन्न ठाउँमा गुनासो पोख्ने गर्दछन् । अहिले शहर बजारमा बस्नेहर रोजीरोटीको लागि भौतारिएर बिहानदेखि बेलुकासम्म कामको सिलसिलामा लाग्दा गर्दछन् । तर उनीहरुले आफ्ना छोराछोरी कहाँ गएर के गरिराखेका छन् भनेर एकछिन पनि ख्याल राख्ने गरेका छैनन् । अभिभावक भने महंगो र राम्रो कलेजमा छोराछोरी पढाएको छु भनेर ढुक्कले बस्ने गर्दछन् ।

तर, कलेजहरुको लापरवाहीका कारण अधिकांश त्यस्ता विद्यार्थीहरु विभिन्न खाले कुलतमा फस्ने र अनावश्यक गलत व्यक्तिसँग सरसंगत गर्ने गरेका छन् । पछिल्लो समय युवायुवतीहरुमा अभिभावकलाई नमान्ने साथीहरुको देखासेखीमा लाग्ने । स्कुल, कलेज नजाने गइहाले पनि शिक्षक, शिक्षिकाले भनेको नमान्ने आफूलाई जे लाग्छ त्यो मात्रै सही भन्ने विद्यार्थीहरुमा ट्रेन नै बसेको छ । त्यसको बाबजुद पनि अधिकांश प्रिन्सिपलहरु आफ्ना विद्यार्थीहरुको रेखदेख गरेर अभिभावकहरुलाई सुझाव दिनुपर्नेमा त्यो गरिएको पाइँदैन । अधिकांश कलेजहरुले विद्यार्थीहरु पढे पढुन् नपढे नपढुन् तर महिना बितेपछि उनीहरुका अभिभावकलाई लाखौं बिल थमाएर पैसा असुल्ने भन्दा अन्य काम कलेजहरुले गरेको पाइँदैन । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *