समाजवादीका रसुवा जिल्ला अध्यक्ष एमालेमै फर्किए

राजनीति

नेकपा (एकीकृत समाजवादी)का रसुवा जिल्ला अध्यक्ष विष्णु देवकोटा नेकपा (एमाले) फर्किएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले मंगलबार निवास बालकोटमा नेता देवकोटालाई पार्टीमा स्वागत गरेको रसुवा जिल्ला कमिटी सचिव जर्नादन ढकालले बताए। ।

देवकोटासँगै एकीकृत प्रदेश कमिटी सदस्य भरत विश्वकर्मा र जिल्ला कमिटीका सचिवालय सदस्य ठाकुर पौडेल पनि एमालेमा प्रवेश गरेका छन् ।

सो पार्टीको जिल्ला कमिटी अध्यक्ष नै पूरानै घर फर्किएपछि नेकपा एकीकृत समाजवादी बिलयको मुखमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *