रविले लतार्ने सबैलाई डर

राजनीति समाचार

काठमाडौं । २००४ सालमा जन्मेको नेपाली कांग्रेस, २००६ सालमा जन्मेको कम्युनिष्ट पार्टीको दर्जन हाँगा फाटेर न त नीतिमा नेकपा चल्छ, न त सिद्धान्तमा नेपाली कांग्रेस अगाडि बढेको छ । कांग्रेस र कम्युनिष्ट राजनीति र व्यवहारमा मात्र होइन, सिद्धान्तमा समेत पतन भएकै कारण रवि लामिछानेहरु संचारकर्ममा रहँदा विकृति, विसंगतिको विरुद्धमा गरिएको प्रस्तुतिले राजनीति उचाइँ लिदैनथ्यो, तर रविको लागि राजनीतिको बाटो खुल्यो ।

मंसिर ४ मा आठ सिटमा संसदीय मोर्चा जित हासिल गर्दा समानुपातिकतर्फबाट १२ जना संसदमा थपेको छ । नागरिकता विवाद र राहदानी विवाद जस्ता चर्चा चल्यो । अहिले ठूला दलको निद हराम भएको छ । अहिले त एमाले जसपा पार्टीलाई समेत रास्वपाले तर्साएको छ । चितवन २ मा रवि लामिछानेलाई जनताले फेरि तर्साएका छन् । तर्सिनेमा नेपाली कांग्रेस, नेकपा एमाले नै छन् । तनहुँमा पनि त्यही ताल छ, बारा २ मा उस्तै छ । चितवन २ का रवि, तनहुँ १ मा डा.स्वर्णिम वाग्ले, बारा २ मा रमेश खरेलको चर्चा निकै छ ।

बारामा उपेन्द्र यादव, पुरुषोत्तम पौडेलको प्रतिस्पर्धा चर्काे छ । तनहुँमा गोविन्द भट्टराई, सर्वेन्द्र खनाल, डा.स्वर्णिम वाग्लेको बिचमा प्रतिस्पर्धा हुनेछ । राजनीतिक रुपमिा लामिछाने विवादित छन् । सिद्धान्त नीति भन्ने कुरा रविको पार्टीमा छैन । रविले आफ्नो तर्फबाट जसरी गृह प्रशासन चलाए त्यसले प्रहरी भित्रको रमितालाई निकै हल्लायो । तर त्यही मन्त्रालयमा माओवादीका नेता नारायणकाजी श्रेष्ठले ठूलो निर्णय गराए ।

रविले त्यसमा ख्याल गरेका थिएनन् । रविलाई त्यहाँको प्रशासनले जसरी सघायो, त्यो भन्दा बढी माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सघाउलान् भन्ने अपेक्षा हो । रविले उपचुनावबाट संसदमा प्रवेश गर्ने कुरामा ढुक्क छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *