प्रदेशमा पनि कुर्सीकै झगडा

राजनीति समाचार

काठमाडौं । प्रदेश सरकारहरुले जनताको सेवातर्फ चासो दिएका छैनन् । महंगी, भ्रष्टाचारका बारेमा केन्द्रमा जति आवाज उठ्छ । प्रदेशमा पनि त्यो आवाज उठ्दैन । भ्रष्टाचार, व्यभिचार लोकतन्त्रको गहना बन्दैछ । कांग्रेससँग भएको गठबन्धनले माओवादीलाई फाइदा छैन । गठबन्धन एमालेसँगै गर्दा राम्रो हुनेथियो ।

तर त्यहाँ केपी ओलीको शैली नै वाम एकतामा बाधक बन्न पुगेको हो । देश आज भत्केको घरजस्तो छ । सरकार छ, सरकारले दिनुपर्ने राहत कतै न कतै चुकेको छ । कम्युनिष्ट पार्टीका बिचमा शत्रुता जनाउने भनेकै एमालेको हेपाह शैली हो । त्यो शैली ४१ महिने शासनको प्रति रुप बन्दैछ । एमाले आँफुबाहेक अन्य वामपन्थी शक्ति बढोस् भन्ने चाहेकै छैन ।

एमालेकै कारण नेकपा विभाजन भएको हो । सरकारको जालसाजी यहाँ छैन । कर्णाली, गण्डकी, लुम्बिनी, बाग्मती, कोशी प्रदेशमा वामपन्थी नेतृत्व छ । कर्णालीमा सबै एक भएर अगाडि बढ्ने भन्दैछन् । प्रदेश मधेश र बाग्मतीमा एमालेले सरकार त्यागेको छ । त्यहाँ कांग्रेस सहभागी भएको छ । एमालेबाट कर्णालीमा योजनाबद्ध रुपमा खेल खेलियो ।

तर चैत २६ गते एकाएक एमाले सरकाुरबाट बाहिरियो । मधेश प्रदेशमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपाको सरकार बन्दैछ । सत्तामा लुब्ध व्यक्तिहरु जनताको आवश्यकतामा चासो दिएका छैनन् । सत्तामा पुग्नको लागि मरिमेटेका छन् ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *