मौखिक पत्रकार हावी, कलम चलाउने बद्नाम

राजनीति समाचार

काठमाडौं । भन्दा कतिलाई चित्त नबुझ्ला तर लेखेर जीवन धान्ने पत्रकारको लागि राज्यले दिने पुरस्कार उनीहरुले पाउँदैनन् । पार्टीका नेताको चाकडी गरेको खण्डमा कपाल काट्ने नाउ र जुत्ता सिलाउने सिल्पिले राष्ट्रपतिद्वारा विभूषण र पदक पाएको पत्रपत्रिकाको समाचार बने । तर पुरस्कार सिफारिस गर्नेले गल्ती स्वीकारेन । लिनेले लियो, उसले पुरस्कारको महत्व बुझेन् ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखा त्यस्तै अवस्थामा छ । काम गर्ने युवा जुझारु त्यहाँ छन् । तर आफैंले पत्रिका प्रकाशन गर्दाको पिडा भोगेकाहरु त्यहाँ कम छन् । त्यसैकारण साधारण सभामा सार्वजनिक भएको क्यालेण्डरमा कार्यसमिति सदस्य स्व.कमल राईको नाम अटाउन सकेन । तर एक÷दुई जनाले मौकामा चौका हाने । काठमाडौं शाखाका साधारण सदस्य यज्ञ न्यौपानेले क्यालेण्डर त्यहीं छाडेर हिँडेका थिए । शाखाले राम्रो ग¥यो, आदर्श पत्रकारिता पुरस्कार शाखा संस्थापक सभापतिलाई दिएर । जसको नेतृत्वको कार्यसमितिको एउटा पनि बैठक बसेको रेकर्ड थिएन । पेशागत हकहितको कुरा त परै जाओस् । उनी जल्ला बल्दा छन् । एक लाख ११ हजार एकै रातमा उडाउने गरी कमाई पनि गर्छन् ।

संचार मन्त्रालयले दिने राष्ट्रिय पत्रकारिता पुरस्कारमा पनि त्यस्तै हुने गर्छ । मन्त्री रेखा शर्मालाई कस्तो सिफारिस हुन्छ ? जीवन पत्रकारितामा बिताएका शाखाका पूर्व सभापति ईश्वरी वाग्ले, हरि लम्साल, गोपाल बुढाथोकीहरु बिरामी भए, तर संचार मन्त्रालयले उनीहरुलाई चिन्दैन । किनकी उनीहरु चाकडी गर्दैनन् । प्रेस सेन्टर, प्रेस चौतारी, प्रेस युनियनले तिनलाई आदर्श पत्रकार मान्दैनन् । किनकी उनीहरु नेता निकट र अहिलेका औंठाछाप र मौखिक वरिष्ठमा पर्दैनन् । जो अझैं पनि लेखेर पत्रिका प्रकाशन गरेर बाँचेका छन् । उनीहरु आर्दश हुन सकेनन् । हरि लम्साल नर्भिक अस्पतालमा दमको उपचार गर्दा लागेको १६ लाख ऋण कसरी तिर्ने भनेर टाउको समातेर पीडित बनेका छन् । विचार एउटा हुन्सक्छ, उनीहरुले चाकडी पत्रकारिता गरेनन् ।

यस्तै निडर शंकर कार्की पनि थिए, उनको निधन भइसकेको छ । लम्सालले सरकारसँग सहयोगको अपेक्षा गरेको फाइल मुख्यसचिवसँग छ । महासंघको केन्द्र र जिल्लालाई त्यो जानकारी छ । तर काम भएको छैन । गरिखाने पत्रकारलाई ठगी खाने पत्रकारले बद्नाम गरेका छन् । लोकतन्त्रको यो उत्कृष्ट नमुना बन्दैछ । महासंघको नाममा ठग्ने धेरै छन् ।

पार्टीकारिताले गुटको मान्छे रोज्छ । तर जो कलम चलाएर बाँचेको छ, त्यस्ता पत्रकाररको अस्तित्व छैन । यसको प्रमाण खोज्न टाढा जानै पर्दैन । जनयुद्ध लडेर आएकाहरुले लगभग सबै पुरस्कार र पद खाइसके । उनीहरुमध्येका केही सरकारले दिने पुरस्कार हरेक वर्ष आफैंले पाएपनि थाप्न लाज नमानी थाप्नेहरु छन् । जबकि तिनको राजनीतिक नियुक्तिमा योग्यता लागु हुँदैन । एमालेभित्र केपीको सेवकले सातखत माफी पाएजस्तो माओवादीमा प्रचण्डको सेवक बने हुन्छ ।

देशभरको ठूलो शाखा भए पनि काठमाडौं शाखा बद्नाम पनि छ । त्यो शाखाको बद्नामी गर्ने २÷२ कार्यकाल सभापति बनेका होनहार पत्रकारहरु नै हुन् । यिनकै समयमा जुत्ता व्यापारी, मासु पसले, रेस्टुराका कर्मचारीले समेत सदस्यता पाए । नवीकरण खुल्नासाथ नविकरण तिनैले पहिला गर्छन् । सदस्यता शुद्धीकरणको यो नमूनै हो । नियमित पत्रकारिकता गर्नेहरु र लेखेर बाँच्नेहरु पछाडि पर्छन । १४७९ सदस्य भएको काठमाडौं शाखाको भवनको गीत धेरै गाउने गरिन्छ ।

प्रदेशको नेतृत्व पनि भवनकै गित भजाएर बाँचेको छ । काठमाडौंको नेतृत्व क्यालेन्डरको विज्ञापन गरेर मुस्कुराएको छ । संचारमन्त्रीलाई पनि नक्कली पत्रकारले हैरान बनाएको बेला माओवादीको प्रेस सेन्टरको नेतृत्वले कस्ता पत्रकारको सिफारिस गरेर प्रेस काउन्सिलको पुरस्कार र संचार मन्त्रालयको राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण गर्न लगाउला आम पत्रकारहरुले हेरिरहेका छन् । किनकि संचारमन्त्रीकै कृपामा पार्टी निकट विगतमा पत्रकारिता गरेको भनेर पुरस्कार वितरण गर्ने लोकतान्त्रिक परम्पराले पत्रकारिताको नाममा दिने पुरस्कार छनौटसमितिप्रति कठै भन्नपर्ने दिन हरेक वर्ष चैत र असोजमा आउँछन् । यो वर्ष पनि नआएको होइन ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *