काठमाडौं । भिडभाड र हुलमुलको बखान पार्टीभित्र गर्न सक्ने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सँगै राजनीति गरेका सहयात्रीको कमरेडी शैलीभन्दा वा नाता लगाएर शिर झुकाउनेको शिरमा हात राखेर आर्शिवाद लिन मज्जा आउला ।
माले कालका थुपै्र नेताले ओलीको संगत छाडेका छन् । त्यो बेलाका बाँकी नेता ईश्वर पोखरेल, अमृत बोहरा, अष्टलक्ष्मी शाक्य, केशव बडालहरु त दोहोरो विवाद गर्न चाहँदैनन् । केपीले बोल्यो कि पोल्यो हुने भएकाले डा.भिम रावल, घनश्याम भुसालसमेतका १२ भाइमध्ये भुसाल एमालेबाट एकीकृत समाजवादीतिर सोझिए । डा.रावल जाने तयारी गर्दैछन् । त्यसैगरी, चुडामणि जंगली, एमाले विभाजित पछिको तेस्रो वरियताका मुकुन्द न्यौपाने, केन्द्रीय सदस्य केदार न्यौपाने एमालेमा ग्एर केपीकै सहयोगी बन्दैछन् ।
झापाका नरेश खरेलले एमाले त्यागेका छन् । उनीसँगै चन्दा श्रेष्ठ र हिरा पोखरेललगायत १० जना छन् । पार्टी अध्यक्षमा केपी ओली आएपछि उनले काम गर्नेभन्दा चाकडी गरेर दाम चढाउनेलाई महत्व दिँदा एमाले संगठन भत्केको थियो । भत्ककेको संगठनबाट आफ्नो विजय हुन्न भनेर नै केपी ओलीले राप्रपासँग दौतरी गाँसेका हुन् ।
पार्टी छाड्नेले नेतृत्वको व्यवहार र कमजोरीलाई आधार बनाएर निस्के पनि उनीहरु गएको पार्टीले राष्ट्र जनताको पक्षमा कस्तो गर्दैछ । त्यसतर्फ सोचेका छैनन् । समाजवादीबाट एमालेमै फर्कने दाउमा रहेका वरिष्ठ नेता झलनाथ खनालले भने मौका पर्खंदैछन् । उधारो राष्ट्रपति दिएर एकीकृत समाजवादीलाई भत्काउने प्रयास गरेका ओली असफल भएपछि विगतमा आफैंले विच्क्याएका मुकुन्द न्यौपानेलाई भने फुत्काउन सकेकोमा गर्व गर्छन ।
डा.भिम रावलको आलोचनाबाट जोगिन ओलीलाई पर्दैैन । भुग्रोमा विष्णु पौडेललाई राखेर अछाम जिल्लाबाट रातारात भागेको रिसि पौडेलले उपाध्यक्षको हैसियतले कञ्चनपुरमा आएर पोख्नुप¥यो । कर्ण थापा, लेखराज भट्टजस्ता नेता सुदूरपश्चिमका लागि योग्य भएनन् । अहिले एमाले फर्केका कर्मचारी नेता हरि श्रेष्ठ, भोला दाहालसमेत एमालेमा बसेका छन् । उपलब्धी देशले पाउँदैन । नेताले अवसरका लागि लड्नु र पार्टी फेर्नु कुनै नौलौ भएन । (तामाकोशीसन्देशबाट)