रविको पार्टीमा फण्डै फण्डा

राजनीति समाचार

काठमाडौं । बर्खातको भेलझैं उम्रिएका रवि लामिछाने र उनका सहयोगीहरुका एक पछाडि अर्काे पर्दा उघारिँदै छ । कहिले सवारी चालकको दुर्घटना त कहिले ढाकाकुमार श्रेष्ठको अडियो टेप प्रकरणका कारण विवादमा तानिएका रवि लामिछाने र उनका पार्टीका एक जना केन्द्रीय सदस्यले गरेको अर्काे बलमासी भेटिएको हो । रविको वैदेशिक रोजागर व्यवसायीहरुसँगको गहिरो हिमचिम रहेको देखिन्छ । विदेशबाट फर्किएलगतै म्यानपावर व्यवसायी अनिल जोशी (उनकै म्यानपावरबाट पठाएका १६ जना इराकमा मारिए) को न्यूज २४ मा कार्यक्रम सञ्चालन गरेका रवि गृहमन्त्री हुँदा सल्लाहकारदेखि श्रम मन्त्रीसम्म म्यानपावर व्यवसायीलाई बनाएर आलोचना खेपे ।

अहिले उनकै पार्टीको एक जना केन्द्रीय सदस्यले लुटुर पुटर पारेर एउटा सरकारी कार्यालयलाई आफ्नै निवासमा लगेर भाडा खाइरहेको भेटिएको छ । यस्तो धन्दामा लागेका पात्र हुन देवेन्द्र बजगाई । जो डिडी म्यानपावर नामक वदनाम म्यानपावरको मालिक हुन । उनैले हो एउटा सरकारी कार्यालयलाई आफ्नै निवासमा लैजान सफल भएका । बजगाई यस अघि रवि गृहमन्त्री हुँदा उनका सल्लाहकार खान खुट्टा उचालेका थिए पाएनन् ।

सरकारी जमिन कौडीको मूल्यमा लिएर भवन बनाई सरकारी कार्यालयलाई नै महंगो दरमा भाडामा लगाउन सफल भएका हुन बजगाई । यातायात कार्यालयका हाकिमहरुसँग मिलेर लाखौं कमिसन दिएर अहिले चाबहिल यातायात कार्यालय एकदमै अपायक ठाउँमा सार्न सफल भएका हुन । जुन ठाउँमा सार्वजनिक सवारी समेत चल्दैन, त्यस्तो ठाउँमा यातायात कार्यालय सार्ने क्रममा भाडामा कमिसनको खेल भएको चावहिल यातायात कार्यालय स्रोतले जनाएका छन् । चावहिल यातायातका केही बदनाम कर्मचारी त्यहाँका हाकिम विष्णु भट्टराई लगायतसँगको सेटिङ गरी चावहिल यातायात कार्यालयलाई गौरीघाटमा सार्न सफल भएका हुन ।

गौरीघाटमा रहेको डाई हाउसमा डीडी म्यानपावर र डीडी सेक्युरिटी सञ्चालनमा छन् । त्यही हो देवेन्द्रले चावहिल यातायात कार्यालय लैजना सफल भएको । स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य बजगाईले संचालन गरेको डीडी ओभरसिज २०७५ मा खारेज भएको थियो । विदेशमा पठाएका कामदारका बारेमा गुनासो आएपछि उनको डीडी ओभरसिज खारेज भएको बैदेशिक रोजगार विभाग स्रोतले जनाएको छ । डीडी ओभरसिज खारेज भइसकेपछि बजगाईले डीडी म्यानपावर दर्ता गरी विदेशमा कामदार पठाउने काम गर्दैआएका छन् । डीडी म्यानपावर बजगाईको भए पनि पछिल्लो समयमा उनले बेनी कार्कीको नाममा राखेर म्यानपावर व्यवसाय गर्दै आएका छन् । चर्को शुल्क लिएर विदेशमा कामदार पठाएर अकूत कमाएका उनी लामिछानेको पार्टीमा लागेको हुन् ।

जसरी ६ बर्ष अघि बानेश्वरको सङ्गमचोकमा भाडाको घरमा रहेको सडक विभाग अन्तर्गतको ‘सडक सुधार आयोजना कार्यालय’ बत्तीसपुतलीको कुनै घरमा स¥यो । ठीक उसैगरी अहिले चावहिल यातायात कार्यालय भवन सारेर म्यानपावर व्यवसायीको घरमा पु¥याइएको छ । यसरी कार्यालय भवन सार्नुमा तत्कालीन भौतिक पूर्वाधार मन्त्रालयका सचिव दीप बस्न्यातको स्वार्थ जोडिएको थियो । सचिवबाट अवकाश लिएपछि २०७१ चैतमा बस्न्यात अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त भए ।

त्यसपछि घर भाडा बढाएर रु.१ लाख ६५ हजार पु¥याइयो । बस्नेतले आफैं सचिव भएको मन्त्रालय अन्तर्गतको एउटा विभागको कार्यालय आफ्नै घरमा लगेका थिए त्यो पनि चर्को मूल्यमा । उसैगरी अहिले यातायातका हाकिम,केही कर्मचारीहरुलाई कमिसन खुवाएर मासिक ४ लाख तिर्ने गरी चावहिल यातायात कार्यालयलाई म्यानपावर व्यवसायीको घरमा पु¥याइएको हो । यसमा कमिसनको ठूलो चलखेल रहेको चावलिह यातायात कार्यालय स्रोतले जनाएको छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *