रास्वपाको ठगीधन्दा कहिलेसम्म

राजनीति समाचार

काठमाडौं । सरकार नबन्दैदेखि हामी सरकारमा जाने भयौं, सहयोग गर्नुहोस्, तपाईंको काम हुन्छ भन्दै मेडिकल माफिया दुर्गा प्रसाईंसँग २ करोड मागेको हाम्रो कोर टिम छ भनेको भिडियोले ढाकाकुमार श्रेष्ठको संसद पद गुम्यो । पार्टी सभापति रवि लामिछाने आफैं सबै विषयको विज्ञ बनेकै थिए । तर नागरिकता र राहदानीको विषयले रविको सांसद र मन्त्री पद एकैपटक गुम्यो । रवि अहिले चितवन २ मा पुनः उम्मेद्वार भएका छन् ।

जनताले कांग्रेस र एमालेबाट बढाइएको बेथितीविरुद्ध माओवादीलाई ठूलो पार्टी बनाए । माओवादीले हैसियत बुझेन । कांग्रेसले एमालेको रैथाने भ्रष्टाचार, बिचौलिया र माफियासँग माओवादी नेतृत्व जोडियो । रक्सीका बोत्तल बोकेर कोठा कोठा पुग्ने व्यवहार देखियो । जुन काममा एमाले कांग्रेस सफल थिए । अहिले कांग्रेस, एमाले र माओवादी, मधेशवादीलाई घटाएर रास्वपा, जनमत, नागरिक उन्मुक्ति पार्टीलाई सांसदमा पु¥याएका जनताले रवि लामिछानेको पाटीृका कोर टिमका सदस्यहरु निकिता पौडेल, डोलप्रसाद अर्याल, ढाकाकुमार श्रेष्ठ, दीपक बोहरको रहस्य व्यवसायी दूर्गा प्रसाईंले खोलिदिएका छन् ।

रविलाई गृहमन्त्री बनाउने एमाले अध्यक्ष केपी ओली हुन् । लामिछाने गृहमन्त्री भएपछि प्रहरी, सेना, सशस्त्रमा जागिर लगाइदिने भन्दै किरण शाही, रामकृष्ण थापा, तिर्थराम बज्राचार्य, दिपेश पुनजस्ता ठगहरुले झण्डै करोड उठाएर ५०औं युवाहरुलाई ठगेको रहस्य बाहिर आएको छ ।

हामी सरकारमा जान्छौं, तपाईंलाई जागिर दिन्छौं भन्ने यी सांसदहरु कसरी उत्पत्ति भए ? जसले रविको नाममा पैसा उठाएका थिए । बैंकमार्फत पैसा असुलेको यो ठगी काण्डमा सहभागीहरुको डा.ढाकाकुमार श्रेष्ठ काण्डपछि भागाभाग भएको छ । रास्वपाको जनताले दिलाएको इज्जत ध्वस्त भएको छ । उपचुनावबाट चितवनबाट रवि, तनहुँबाट स्वर्णिम वाग्ले निर्वाचित हुने चर्चा व्यापक थियो ।

तर यो ठगी काण्डले एमाले, कांग्रेस, माओवादीकै लुटतन्त्रमा रवि जोडिएको अवस्था देखियो । अब रविको चर्चा र हाउगुजी सकिएको छ । विकृतिको विरुद्ध रविको स्वर केवल ठगी र जनतालाई धोका दिने गरी आएको छर्लंग हुन्छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *