भ्रष्ट भण्डारी एआईजी भए

राजनीति समाचार

काठमाडौं । नेपाल प्रहरीलाई पार्टी संगठनकै रुपमा बनाएको कांग्रेस अहिले दंग छ । बलराम कँुवरका भाइलाई एसएसपी बनाएका बेला १२औं नम्बरबाट पहिलो नम्बर बनाएको कांग्रेसले उनैलाई बनाएर राम्रै आम्दानी ग-यो । सभापति शेरबहादुर देउवाकी पत्नी डा.आरजु राणाले बक्सिस लिएर बसन्त कुँवरलाई आईजीपी बनाएको देखेपछि एसएसपीसम्म पहिलो भएर पनि लज्जित भएका सन्दीप भण्डारी निकै हतास थिए । उनलाई चहलपहल गर्छ भनेर नै तालिम केन्द्र भरतपुरमै थन्काइयो, जहाँ डीआईजीको दरबन्दी थिएन ।

पहिलो नम्बरलाई सातौं नम्बरमा पु¥याएपछि कांग्रेसले बनाएको भगिनी संगठन सपार्ने ठाउँ अहिले छैन । सन्दीप भण्डारी, भिम ढकाल, श्याम ज्ञवालीजस्ता नेकपा एमालेसँग जोडिका अधिकृतहरु हुन् । ज्ञवाली जहाँ गयो, त्यहाँ एक्लै खाने कमाण्डर हुन् । कुँवर र ज्ञवाली एउटै जिल्लाबासी अर्घाखाँचीका हुन् । प्रहरीमा क्षमता र कार्यकुशलता जरुरी छैन । पैसा खुवाएपछि एसएसपीकै पदमा कार्यरत गर्नुपर्ने अशोक सिंहलाई कांग्रेसले डिआईजी बनाएर कमाल ग¥यो । अन्तमा नागरिकता र जागिरको सिट नमिल्दा सिंहले राजीनामा दिनुप¥यो ।

नेपाल प्रहरीलाई निवर्तमान आईजीपी धिरजप्रताप सिंहले आफ्नो कार्यकालमा कुनै काम गरेनन् । उनी विगतका भ्रष्ट आईजीपीहरु भन्दा कम थिएनन् । उनको टिम एकैलटमा विदा भयो । ३० वर्षे सेवा हद हट्ने अवस्था थिएन । प्रयास गरेपनि यो प्रकरण ओझेलमा परेको थियो । आईजीपी र एआईजीहरु ३० वर्षे हटाउन खोज्ने डिआईजीदेखि एसएसपीसम्मले विरोध गर्ने अभियान चलाए । शेरबहादुर देउवा तत्कालीन गृहमन्त्री हुँदा मोतिलाल बोहरालाई आईजीपी बनाउन ल्याइएको यो प्रक्रिया अहिले प्रहरीमा जरुवा पानी झैं मौलाएको छ । (तामोकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *