तत्कालीन मेयरको करामतले बालेनको उदय

राजनीति समाचार

काठमाडौं । पार्टीको नेतृत्व सरकारमा छ । त्यो पनि झण्डै दुई तिहाईको । तर संघीय सरकारको इज्जत बचाउन भोका जनता बसपार्कमा दाताले दिएको खाना खाएर जम्मा हुँदा राष्ट्रपतिको सवारीलाई दाग लाग्यो भनिरहँदा केपी ओलीका विश्वास पात्र तत्कालीन मेयर विद्या सुन्दरको विरोध भएको थियो ।

कम्युनिष्ट पार्टीले झण्डै दुईतिहाईको बहुमत ल्याएर सरकार बनायो । तर काठमाडौंको फोहोरले दीर्घकालीन निकास पाएन । आज बालेन साहको अराजकताको फाइदा एमालेले लिँदैछ । अराजकतामा रमाउने एमालेले विद्यासुन्दर शाक्यको असफलता देखेका थिएनन् । बरु उनले उद्घाटन गरेको धरहराको रंग उड्दै छ, धरहरा वरपर बन्नुपर्ने संरचना बन्न सकेको छैन । महंगी र भ्रष्टाचार प्रमुख रोग हो । संसदको विपक्षी दल एमालेले त्यसमा केही बोलेको छैन । एमालेका अध्यक्ष ओलीले दुर्गन्ध फैलाउँदैछन् । काठमाडौं राजधानीमा एमाले बलियो छ । तर फोहरको स्थायी समाधान गर्न असफल विद्यासुन्दरहरुकै क्रियाकलापले बालेनहरु आए ।

बालेनले सुरुका ६ महिना वार्तामा बिताए, आफैंले गरेका सम्झौता लत्याए । त्यो कमजोरी लुकाउन सिंहदरबारसँग निहुँ खोज्दैछन्, त्यो पनि तल्लो स्तरमा ओर्लिएर । सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहर नउठाउने धम्की दिउका छन् । आफुले ककनी गाउँपालिका र धुनिबेँसी नगरपालिकासँग गरेका सम्झौताको कार्यान्वयन गर्नुको सट्टा टुकुचा उधिन्ने काम गरेर बालेनले गौरव ठान्दैछन् ।

महानगरबासीको समस्यामा ध्यान छैन । बायोग्याँस मेसिन ५५ लाखमा खर्चेर मर्मत भएको छ, संचालनमा छैन । एमालेका अध्यक्ष केपी ओलीको घर घरमा ग्याँस पाइपको नारा गफ मात्रै थियो । पानीजहाज र पूर्वपश्चिम रेलका कुरा थिए । बालेन साहको जनसरोकारका विषयमा ध्यान गएकोे छैन ।
विद्यासुन्दर शाक्यको अफलताको ५ वर्षसँग टाढिन नचाहेका बालेनले बितेको एक वर्षमा कहाँ कहाँ हात हाले, कहाँ कहाँ के काम गरे जनताले हेरिरहेका छन् । स्थानीय सरकार आफ्नै कानूनको पालना कसरी गर्छ भन्ने विषयमा बालेन मौन बसेका छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *