तराईमा उपेन्द्रको मुखिया शैली

राजनीति समाचार

काठमाडौं । तराईमा उपेन्द्रको मुखिया शैलीको कारण पार्टीलाई पहाडी क्षेत्रमा विस्तार गरेका डा.बाबुराम भट्टराईले बनाएको पार्टी धमाधम खस्कँदै गएको छ । कास्कीका जसपाको सिंगो नेतृत्वले नेकपामा प्रवेश गर्दा मधेसी र पहाडियाबिचको सम्बन्ध बिग्रेको शंका हुन थालेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले अशोक राईजस्ता नेतालाई संसदीय दलको नेता बन्न नदिनुले पनि गोरखा, कास्की, पर्वतका जसपाका नेता पुरानै घर फर्कन बाध्य भएका हुन् ।

गण्डकी प्रदेशको राजधानी कास्कीमा जसपाको संगठन कमजोर भएपनि वामपन्थी जमातमा झलक पौडेल लोकप्रिया युवा नेता थिए । केशव थापा, दिपक अधिकारीजस्ता नेताहरु जागरुक थिए । जसपाबाट डा.बाबुराम भट्टराई उछिट्टिँदै नेपाल समाजवादी पार्टी गठन गरे । तर चुनावमा माओवादीलाई काँध हाल्दा महेन्द्र राय यादवले मन्त्री पद पाएका छन् । तर डा.भट्टराई कम्युनिष्टको शैलीबाट अरुची जाग्नु दक्षिणको दबाब हुन सक्छ । तर राजनीतिमा विचारले मात्र काम गर्दैन । श्रीमती हिसिला यमीकै कारण काठमाडौं क्षेत्र नं. ७ बाट मानुषीले चुनाव हारिन ।

जसपालाई कहिले एमाले, कहिले माओवादी र कहिले कांग्रेसको आवश्यकता छ । सत्ताको लागि एमालेसँग मिलेर चुनाव लडेको जसपाबाट चार जनताले चुनाव जिते, आठ जना समानुपातिकबाट सांसद बने । राप्रपा पछिको छैठौं पार्टीको स्थान लिएर पनि उपराष्ट्रपति भित्र्याएको छ । यिनै उपेन्द्रले चरेस काण्डका अपराधीलाई न्याय दिँदा पद नै खोसिएका परमानन्दलाई उपराष्ट्रपति बनाएका थिए ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *