संघीय मन्त्रालमा मन्त्री र कर्मचारीबीच भाँडभैलो

राजनीति समाचार

काठमाडौं । सरकार बनेको ४ महिना पुग्दासमेत मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । यसरी लामोसमयसम्म मन्त्रिमण्डलले पूर्णता नपाएसँगै अधिकांश सरकारी कार्यालयका सचिव र सहसचिवहरुमा मनमुटाब सुरु भएको छ । मन्त्रीहरुले पनि आफ्नो पार्टीनिकटका सचिव, सहसचिव खोज्ने कारणले गर्दा अहिले अधिकांश मन्त्रालयहरुमा मन्त्री र कर्मचारीबीच भाडभैलो सिर्जना हुनथालेको छ । अहिले पाँचवटा मन्त्रालयले त मन्त्रीसमेत पाउन सकेको छैन । ती पाँचवटा मन्त्रालयले मन्त्री पाउनासाथ पाँचवटै मन्त्रालयमा सचिव र सहसचिवहरुबीच फेरि भाँडलैलो हुने निश्चित जस्तै छ ।

अझ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र सहसचिव कमल भट्टराईबीच झन्डै हातहालाहालको स्थिति सिर्जना भएको थियो । मन्त्री मोदी गत वैशाख १ गते अमेरिका जानुअघि सहसचिव कमल भट्टराईलाई यस मन्त्रालयबाट कहाँ जानुपर्ने हो जानु आफ्नो व्यवस्था आफै गर्नु म अमेरिकाबाट आउँदा तपाईं यहाँ बसेको देख्नु नपरोस् भनेर अमेरिकातिर लागेका थिए । मन्त्री मोदीसँगै सचिव कृष्णहरि पुस्कर पनि अमेरिका गएका थिए । उनीहरु वैशाख ११ गते नेपाल फर्किएका थिए । नेपाल आएपछि सचिव कृष्णहरि पुस्कर अर्थमन्त्रालय जानको लागि न्वारनेदेखिको बल निकालेर लागिपरेका छन् ।

उनलाई तत्कालीन सरकारले पनि अर्थमन्त्रालयमा लगेको थियो । पछि उनी अर्थबाट अन्यत्र रुवा भई घुम्दै सामान्यमा पुगेका व्यक्ति हुन् । उनलाई उपसचिव र सहसचिव हुँदा वैदेशिक रोजगार विभागमा बसेर अकुत सम्पत्ति आर्जन गरेको आरोप समेत लागेको छ । त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीका पिए ताजिम अन्सारी रहेका छन् । मन्त्री मोदीका पिए अन्सारीलाई पनि कर्मचारी सरुवा बढुवामा ठूलो आर्थिक कारोबार गरेको आरोप लाग्ने गरेको छ । पिए अन्सारी पनि के कम मालदार ठाउँमा कर्मचारीहरुलाई सरुवा बढुवा गरेर पठाउनको लागि न्वारनदेखिको बल निकालेर लागि परेका छन् ।

त्यस्तै स्वास्थ्य सेवा विभाग टेकूका स्वास्थ्यकर्मी नागमणि पटेल पनि मन्त्रीको वरिपरि घुम्ने र सरुवा बढुवाको लागि चलखेल गर्न लागिपरेका छन् । त्योसँगै पटेललाई कर्मचारीबाट लाखौं रुपैयाँ उठाएर मन्त्रीलाई प्रभाव पार्दै कर्मचारी सरुवा, बढुवामा चलखेल गर्दै आएको आरोप लाग्दै आएको छ । एकातिर कर्मचारीहरु मन्त्रीविरुद्ध लागिरहेका छन् भने अर्कोतिर मन्त्री पनि कर्मचारी विरुद्ध लागेका छन् । कर्मचारी र मन्त्रीबीच समन्वयकारी भूमिका निर्वाह गरेर संघीय निजामती ऐन ल्याएर लागु गर्नेपर्ने ठाउँमा कर्मचारी र मन्त्रीबीचमै फाटो आएको छ ।

त्यसकारणले पनि कतिपय सरकारी कर्मचारी र राजनीतिक पार्टीका मन्त्रीहरुले देश र जनताप्रति इमानदारीपूर्वक काम गरेको देखिँदैन । किन भने सम्बन्धित मन्त्रालयका मन्त्री र कर्मचारी मिलेर देश र जनताको हितमा काम गर्नुपर्नेमा उल्टै मन्त्री र कर्मचारीबीच फाटो आएपछि कसरी देश विकास हुन्छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *