कांग्रेसकै कारण प्रधानमन्त्री संकटमा

राजनीति समाचार

काठमाडौं । अरुलाई नैतिकता र आदर्शको उपदेश दिन जति सहज हुन्छ, त्यति सहज आफैमा लागू हुँदैन भन्ने कुरा अहिलेको गठबन्धनमा चरितार्थ भएको छ । कांग्रेसका आर्दशवादी नेता डा.शेखर कोइरालाले यो उखान चरितार्थ गरेका छन् । उपसभापति धनराज गुरुङदेखि जीवन परियार, बद्री पाण्डे, दिपक गिरीसम्मले मन्त्री पदको लालसा देखाएपछि कांग्रेसले आफ्नै भागमा परेको आठमध्ये ५ मा मन्त्री पठायो । तर गृहमा महामन्त्री गगन थापाले प्रदीप पौडेलको नाम अगाडि सार्दा कांग्रेस पार्टीमा जहाज डुबेको छ ।

कोइराला विगतमा भाग खोज्नुहुन्न भन्थे । अहिले कुँडाकर्कटले उचाल्दा राजनीतिमा पहुँच नभए पनि राम्रै स्थान लिएका महिला नेतृहरु सरिता प्रसाईंं, सविता भट्टराईहरुको मन्त्री बन्ने दिन गए । उमा रेग्मी, अम्बिका बस्नेत, गंगा पन्थहरुले विगतमा मौका पाएकै हुन् । यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले पाए । पौडेलले विपीलाई फाँसी दिन राजालाई सल्लाह दिने धनकुटा कांग्रेसले नरुचाएका र दक्षिणको दूत भनिएका एक नेतालाई सल्लाहकार बनाएर रमाइलो गरेका छन् ।

डा.शेखर पक्षका २३ जना सांसदलाई एकैपटक कांग्रेसले मन्त्री दिने होइन । भागवण्डामा १० दल भित्र रास्वपा पनि छ, जनमत पार्टीमा पनि छ, आम जनता पार्टी पनि छ । प्रधानमन्त्री पुष्पकमल दाहालले चार मन्त्री लिएर नेपाली कांग्रेसलाई सात मनत्री दिएर समस्याको समाधान गर्ने अभियानमा थिए । समाजवादी र जसपालाई २÷२ मन्त्री दिने, जनमतलाई उद्योग दिने, प्रभु साहलाई एक मन्त्री दिएर मिलाउँदा सबै शक्ति सरकारमा अट्थे । तर कांग्रेसले त्यो समाधान देखेन । जहाँ डा.शेखर, त्यहाँ समस्या सिर्जना भएको छ ।

सरकार छ, त्यसले जनताको काम गर्न सकेको छैन । कांग्रेसको आन्तरिक समस्याले सरकार अगाडि बढ्ने अवस्था छैन । जबकि सभापति देउवाले कानून, युवा तथा खेलकुद, खानेपानी मन्त्रालय शेखर समूहलाई दिई भ्रष्ट मानिएका मोहन बस्नेतलाई स्वास्थ्य मन्त्री बनाएर डा.आरजु देउवाको उठतीपुठती अभियान चलाउने गरी ठाउँ दिन चाहेको अवस्था पनि ढिलो हुँदै गएको छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *