१९ करोडको घोटाला अख्तियारले दबायो

राजनीति समाचार

काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा कांग्रेसको साम्राज्य त्यो पनि तस्कर सम्राट एवं राणा खलकका ज्वाई मोहन बस्नेतको आतंकले बाह्रबिसे नगरपालिकामा लोकसेवा पास गरेर गएकी लेखापाल अस्मिता बिडारीको काम कम्युटर सहायक सुन्दरभक्त श्रेष्ठले गर्छन भन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हो, यसले कांग्रेसको समाजवाद र विधिको शासन नांगेझार बनाएको छ । अख्तियारले यसको निरीक्षण गर्दा पनि थाहा हुन्छ । स्थायी लेखापालले काम नपाउने, करारको कम्युटर सहायकले लेखा चलाउँदा अख्तियारको ध्यान पुग्नुपर्ने होइन ? डा.आरजुुका छोरा जयवीर अमेरिकामा महिला काण्डमा मुछिँदा ढाकछोप गरेको गुन तिर्दै अख्तियारमा पु¥याएवापत बस्नेतको राज चल्ने नै भयो ।

बाह्रबिसेमा मोहनका भाइ मेयर छन् । उपमेयर छिन् मञ्जु तामाङ । सोझोपनको फाइदा मोहन बस्नेतले उठाए । भूकम्पले भत्केका विद्यालय देखाएर विदेशी पैसा पनि लिने, सरकारसँग पनि लिएर १९ करोड झ्वाम पारेको भ्रष्ट समूहको कारण अख्तियारमा पुगेको १९ करोडको फाइल आयुक्त जयबहादुर चन्दले दबाएका छन् । त्यो मात्र होइन, बस्नेतका बिचौलिया माया तामाङहरुले नगरपालिकाको अनुमति बिना प्रगति बोर्डिङ चलाएकी छन् ।

कांग्रेसले जे गरे पनि हुन्छ मोहन जी ? वडा अध्यक्ष रेश्मा तामाङलाई त्यसको चासो छैन । त्यसो त वडा नं. ४ कै वडा अध्यक्ष शेखर भण्डारीले समेत सानो पनातिका कृष्ण न्यौपानेको अनैतिक देखेका छैनन् । उनले पनि जिल्ला शिक्षा र नगरपालिकाबाट स्वीकृति नलिई न्यू किस्टोन नामको स्कुल चलाएकै छन् । कक्षा १२ समम निशुल्क पढाउने भन्दै मन्टेश्वरी र कक्षा आठसमम पढाउने प्रचार गर्दै आएका न्यौपाने मोहनका निकट व्यक्ति हुन् । बस्नेतले १९ करोड पचाए पनि कांग्रेसले ढाकछोप गर्छ भनेर ढुक्क छन् ।

भुकम्पले भत्केका स्कुल मर्मत भए, तर एउटै काममा दुई तिरबाट पैसा लिइएको बताइन्छ । बस्नेत स्वास्थ्यमन्त्री भए भने सरकारी गाडीमा मल बोकाएको विगत सम्झना नै छ । बाह्रबिसे नगर भित्रको यो रुपरंगलाई शिक्षा मन्त्रालय, प्रदेश सरकारहरुले पनि ध्यान दिन सकेका छैनन् । मोहन बस्नेत बाढीपिडितसम्म पुगे । ६ वर्ष अगाडि जुरे पहिरो पीडितको पैसा बल्ल बाँडिदैछ ।

तर नगरपालिकामा मच्चाएको आतंकभित्र शिक्षा, स्वास्थ्य क्षेत्रको बेथिति छानबिन हुँदा जेलै जाने अवस्था छ । सांसद नहुँदासम्म तिब्बती शरणार्थीलाई नेपाली पोशाक लगाएर सीमा कटाउँदै भारत निर्वासित गरी दलाई लामाको सम्पर्कमा पु¥याएको रेकर्ड गृहले खोज्दा फेला पर्छ । त्यो समयमा स्व.खुमबहादुर खड्का गृहमन्त्री थिए ।
–सोमबहादर खड्काबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *