उपनिर्वाचनमा एमाले हायलकायल

राजनीति समाचार

काठमाडौं । संवैधानिक परिषद् र संसदीय समितिहरुमा अडान लिएर प्रधानमन्त्रीलाई गाल्ने हिसाबले नेकपा एमालेका केपी ओली, रास्वपाप्रतिको लहर बारा, तनहुँ, चितवनका जनताले त्यो एमाले पार्टीका सांसदका उम्मेद्वारलाई तेस्रो बनाई दिँदा लत्र्याक लुत्रुक भएको छ । चुनाव अघिसम्म हामी जनमतका आधारमा ठूलो पार्टी समानुपातिकतर्फको मत हाम्रो धेरै भनेर घमण्ड देखाएको एमालेले संसदका १० वटा समितिहरुमा चारवटा आफैंलाई खोजेको थियो । एमालेको त्यो अर्घेलोविरुद्ध संसदमा कुरा उठाइँदै थियो । जनताले उपचुनावमा हराउने वातावरण बनाए ।

सार्वजनिक लेखा समिति, दिगो विकास तथा सामाजिक विकास समिति, सुनुवाई समिति, मानव अधिकार तथा न्यायिक समिति एमालेले पाउनुपर्ने दाबी प्रस्तुत गरेर केपी ओलीले प्रधानन्यायाधीश बन्न हरिकृष्ण कार्कीलाई अप्ठेरो बनाएका छन् । एमालेको सपना प्रधान मल्ललाई प्रधानन्यायाधशि बनाउने दाउ छ । तत्काल सफल हुने छाँट छैन । संसदका महत्वपूर्ण समितिमा सबैको दाबी हुन्छ । एमाले भनेर केपीको जालमा परेका रवि लामिछाने अब कसैलाई नगन्य भएका छन् । रास्वपाले २० को ठाउँमा २१ सिट बनायो ।

लामिछानेप्रतिको लहरले माओवादी, एकीकृत समाजवादी र जसपालाई मोर्चा बनाउनु पर्ने अवस्थामा पु¥याउँदैछ । वामपन्थीहरु आफैंभित्रको राजा महाराजा प्रवृत्तिको शिकार भएकाले जनताले तनहुँ र चितवनमा रास्वपालाइृ जिताए । मधेशका नाममा भ्रष्टाचार गर्दै आएका साहुकर र मिटर ब्याजका नायक उपेन्द्र यादवलाई जनताले रुचाएका थिएनन् । त्यहाँ जातीयताले चुनावलाई प्रभाव पारेको हो । यस्तै स्थिति भए अबको ४ वर्षमा कांग्रेस एमाले १०÷२० सिटमा रहन सक्छन् । रास्वपा स्पष्ट बहुमत ल्याउनेछ ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *